स्थानीय तहमा पार्टी एकतापछि नेकपामा उत्साही

तिनाउ
सेयर गर्नुहोस

पाल्पा–नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पाल्पा जिल्लाका १० ओटा स्थानीय तहहरुमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीच एकता प्रक्रिया ढिलासुस्ती हुदाँ नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका लागि अध्यक्ष र सचिव टुङ्गो लागेपछि खुसी देखिएका छन् ।

शुक्रबार बुटबलमा बसेको नेकपाको प्रदेश ५ कमिटिको बैठकले पाल्पा जिल्लाको स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको नेकपाका प्रदेश सदस्य राधाकृष्ण कडेलले जानकारी दिनुभयो । जिल्ला कमिटि मार्फत सिफारिस भएका अध्यक्ष र सचिवको प्रदेश कमिटिले टुङ्गो लगाएको हो ।

पाल्पा जिल्लाको तानसेन नगरपालिकामा अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्की, तिनाउ गाउँपालिकामा अध्यक्ष राजेश श्रेष्ठ र सचिव दलबहादुर गुरुङ्ग, निस्दी गाउँपालिकामा अध्यक्ष हेमबहादुर खाम्चा र सचिव रामप्रसाद खत्री हुनुहुन्छ ।

त्यसैगरी, पुर्वखोला गाउँपालिकामा अध्यक्ष देवीप्रसाद पंगेनी र सचिव प्रेम गैरे, बगनासकाली गाउँपालिकामा अध्यक्ष हरिप्रसाद पाठक र सचिव कोशल न्यौपाने, माथागढी गाउँपालिकामा अध्यक्ष हरि चुहान र सचिव तेजु घर्ति मगर, रम्भा गाउँपालिकामा अध्यक्ष अर्जुन श्रेष्ठ र सचिव योगेन्द्रकुमार गैरे हुनुहुन्छ ।

त्यसैगरी, रामपुर नगरपालिकामा अध्यक्ष कमल भट्टराई र सचिव दामोदर पाठक, रिब्दीकोट गाउँपालिकामा अध्यक्ष चिरञ्जिवी पोखरेल र सचिव मेघराज आचार्य, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष रामप्रसाद ज्ञवाली र सचिव मानबहादुर थापा चयन हुनुभएको छ ।

तत्कालिन नेकपा एमालेले तानसेन नगरपालिका, निस्दी गाउपालिका, पूर्वखोला गाउपालिका, बगनासकाली गाउपालिका, रिब्दीकोट गाउपालिका, रैनादेवी गाउपालिकामा अध्यक्ष र नेकपा माओवादी केन्द्रको सचिव पदमा बाडफाँड गरी एकता स्थानीय तहमा टुङ्गो लगाएका छन् । तत्कालिन माओवादी केन्द्रले रामपुर नगरपालिका, रम्भा गाउपालिका, माथागढी गाउपालिका, तिनाउ गाउपालिकामा अध्यक्ष र सचिवमा सवै एमाले हुन ।

तत्कालिन नेकपा एमाले र माओवादी बीच केन्द्र, प्रदेश हुदँै स्थानीय तहसम्म पार्टी एकताले नेता, कार्यकता र जनतामा उत्साह आएको नेकपा पाल्पाका नेता तथा प्रदेश सदस्य राजेन्द्र विश्वकर्माले बताउनुभयो । पुस २० गतेसम्म नेकपाको वडास्तरमा कमिटी विस्तार हुने छ ।