सिजि कम्पनीको दादागिरीेप्रति सर्देवाबासी आन्दोलित

राष्ट्रिय

भुवन रायमाझी
पाल्पा–जिल्लाको रैनादेवी छहरा गाउपालिका–२, सर्देवा फाँटमा कम्पनी निर्माण गर्दा पर्यवरणीय हिसाबले त्यस क्षेत्रमा असर गरेपछि स्थानीयबासिन्दा आन्दोलित भएका छन् ।

स्थानीयबासिन्दाले कम्पनी काम गर्दा पर्यवरणीय असर पुग्दा समेत स्थानीयबासिन्दासँग छलफल नगरी एकलौटी काम गरिरहेको प्रति स्थानीयबासिन्दाले काम गर्न रोक लगाएका छन् ।

कम्पनीले स्थानीयबासिन्दाले उपभोग गर्ने खानेपानीको मुहान, बाटो उद्योग निर्माण खेतीयोग्य जमिनलाई असर पुरयाउने गरी कम्पनीले उद्योग स्थापना गर्न खोजेको र खेतीयोग्य जमिन सस्तो मुल्यमा स्थानीयबासिन्दालाई झुकाएर खरिद गरिएकोले आन्दोलित हुन बाध्य भएको स्थानीयबासिन्दाको भनाई छ ।

कम्पनीका कर्मचारीको दादागीरी र मनोमानीत कामप्रति स्थानीयबासीहरुले कुनै पनि काम सञ्चालन गर्नमा रोक लगाएका छन ।

सर्देवामा रहेको सिजि समन्यव समितिले बिभिन्न माग राखेको र आफ्ना मागहरु लाई कम्पन्नीले कुनै वास्ता नगरी एकलौटी ढंगबाट काम अगाडी बढाउदा गाउँमा रहेका स्थानीय पुराना संरचना क्षति भएको पुराना बाटाघाटा आफुखुसी पुरेर उद्योगलाई आबश्यक भवनहरु निमार्ण गर्न लागेको जनताका आबश्यक माग पुरा नगरेको खेती योग्य जमिन खरिद गर्दा उचित मुल्याङकन नगरी मुआब्जा दिएको आरोप स्थानीयबासीहरुले लगाएका छन ।

गाउँमा निमार्ण हुने उद्योगले गाउँलेको मनोभाव बिपरित काम गरेको कारण आफ्ना माग पुरा नभए सम्म आन्दोलन गरेरै भए पनि काम मा अवरोध गरिने सिजि समन्वय समितिका सर्देवाका सचिव यादव घर्तीको भनाई छ ।

जिल्लामै ठुलो उधोगको रुपमा सञ्चालनमा आउन लागेको कम्पनीले गाउँका जनताका मनोभाव नै नबुझेर काम गर्दा काममा समस्या उत्पन्न भएको समन्यव समितिका अध्यक्ष धातानन्द पोखरेलको भनाई छ ।

सिजि उधोगका सर्देवा प्रमुख रामकाजी सिटौलाले भने करौडौ मुल्यका एकुमेन्ट र आफुहरुको सुरक्षा नै नभएको बताउनुभयो । गाउँमा बिना दर्ता गठन गरिएका समुहले आफुहरुलाई काममा अवरोध गरेको आरोप उहाँको छ ।