वडा प्रहरीमा को को छन् समितिमा ?

राष्ट्रिय

पाल्पा– प्रहरी र समुदाय साझेदारी कार्यक्रम अन्तरगत प्रहरी वडामा नै सक्रिय बनेको छ । सोही कार्यक्रम अन्तरगत रैनादेवी छहरा गाउपालिका–५ मुझुङ्गमा सामुदायिक वडा प्रहरी समर्पक समिति गठन गरिएको छ ।

समिति सामाजिक विकृति न्यूनीकरणका लागि सक्रिय बनेको छ । वडाध्यक्ष हुमानसिह कार्कीको सयोजकत्वमा वडा प्रहरीको समितिको गठन भएको हो । प्रहरीले वडाका काम कारबाहीलाई प्रभावकारी बनाउने वडा समिति गठन गरेको हो । विद्यालय स्तरमा लागु औषत, लैगिंक हिंसा,मानव बेचविखनका विरुद्ध अभियान सञ्चालन गर्ने गरी योजना समेत बनाएको छ ।

जसको सहसंयोजकमा इलाका प्रहरी कार्यालय मुझुङ्गका प्रनानि गोपाल बहादुर पुन, सदस्यहरुमा वडा सदस्य लक्ष्मी कार्की, तिल बहादुर राना, शान्ता सार्की, सामाजिक संघसंस्थाबाट बाबुराम कार्की, सुमित्रा कुँवर, महिलातर्फ लक्ष्मी पुन, लक्ष्मी लोहागुन, स्थानीय क्लबबाट रुद्ध बहादुर अर्गाली, नागरिक समाजबाट राम बहादुर कुँवर, जुद्धबहादुर कार्की, वडासचिव लक्षमण भटट्राई र सदस्य सचिवमा प्रहरी हल्दार विष्णु प्रसाद रेग्मी रहनु भएको छ ।

वडा प्रहरीले सम्र्पक समितिको प्रत्येक महीना बैठक बस्ने, स्थानीयबासिन्दा र सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया सञ्चालन गर्ने प्रनानि गोपाल बहादुर पुनले जानकारी दिनुभयो । प्रहरी जनतासँग नजिक गराउन गृहमन्त्रालयको नीति अनुसार गाउपालिका, वडा, टोल टोलमा प्रहरी पुगेर समिति गठन गर्ने योजना अनुसार नै काम भएको प्रनानि पुनले बताउनुभयो ।

सामाजिक विकृति न्यूनीकरणका लागि सवैको सहयोग आवश्यक रहेको छ । प्रहरीको मात्र एक्लो प्रयासले हिंसा, सामाजिक विकृति अन्त्य गर्न चुनौती रहेकोले सरकारले प्रहरीलाई समुदायसँग साझेदारी कार्यक्रम अघि बढाएको हो ।