मुझुङ्गमा पहिलो पटक गाउघर क्लिनिक सञ्चालनमा आएसँगै स्थानीयबासिन्दा खुसी बन्दै

राष्ट्रिय

पाल्पा–पाल्पा जिल्लाको रैनादेवी छहरा गाउपालिका–५, मुझुङ्गमा पहिलो पटक गाउघर क्लिनिक सञ्चालनमा आएसँगै स्थानीयबासिन्दा खुसी बन्दै गएका छन् । क्लिनिक सञ्चालनपछि स्थानीयबासिन्दा वडामा नै सामान्य रोगको औषधि उपचार गर्न पाउने भएपछि खुसी बनेका हुन ।

रैनादेवी छहरा गाउपालिका–५, मुभुङ्गकी ८३ वर्षीय बालकुमारी बुढाथोकीले पहिलो पटक गाउघर क्लिनिकबाट स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग बन्नुभयो । उहाँले स्वास्थ्य परीक्षण पछि ज्येष्ठ नागरिक सेवा अन्तरगत शक्तिवद्र्धक औषधि समेत निःशूल्क पाएपछि खुसी लागेको बताउनुभयो ।

गाउघर÷शहरी क्लिनिक तथा नसर्ने रोग रैनादेवी छहरा गाउपालिकाको आयोजनामा प्रत्येक महीनामा ५ र २० गते गाउघर÷शहरी क्लिनिक सञ्चालन हुने भएपछि स्थानीयबासिन्दा खुसी छन् ।गाउघर÷शहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन सम्वन्धी कार्यक्रमको उद्घाटनको गाउँपालिका प्रवक्ता विष्णु प्रसाद पोखरेलले गर्नुभयो । उहाँले मुझुङ्गबासी सचेत रहेपनि आयुर्वेदिक औषधालयबाट सेवा लिनको सख्या कमी देखिएको बताउनुभयो ।

उहाँले गाउघर÷शहरी क्लिनिक सञ्चालनपछि सेवा लिनेको सख्या बढ्ने बताउनुभयो । वडाध्यक्ष हुमानसिह कार्कीका अनुसार गाउघर÷शहरी क्लिनिकसफल बनाउनका लागि सवैको सहयोग आवश्यक रहेको छ । उहाँले भन्नुभयो, “क्लिनिक संचालनपछि स्थानीयबासिन्दालाई ठुलो राहत हुनेछ ।”आयुवेद शाखाकाकी संयोजक सिर्जना केसीले क्लिनिकबाट सामान्य प्रकारका रोगका औषधि निःशुल्क वितरण गरिने बताउनुभयो ।

उहाँले जेष्ठ नागरिक, सुत्केरी महिलाका लागि समेत विभिन्न औषधि वितरण गर्दै आएको छ । आयुवेद औषधि उपचारका लागि छहरा, बतासे जानुपर्ने बाध्यता रहेको थियो ।