रैनादेवी छहराका किसान सिम्लेमा, एक पटक पुग्नैपर्ने त्यो सिम्लेको सुन्तला बगैचामा

तानसेन राष्ट्रिय समाचार

पाल्पा-पाल्पा रैनादेवी छहराका किसानहरुलाई अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिको सिम्लेको नुमना सुन्तलाको बगैचाले मन लोभ्याएको छ । सिम्लेमा यतिबेला पहेँलपुर सुन्तला पाकेको छ । पाकेको सुन्तला अवलोक गर्न आएका किसानले बस्ती नै रमणीय बनेको छ । भिराला बारीमा यतिबेला सुन्तला पाकेर हाँगा निहुरोका छन् । सुन्तला खेती गर्ने तरिक समेत फरक देखिएको पाइन्छ ।

रैनादेवी छहरा गाउपालिका अन्तरगत मुभुङ्ग, छहरा, सोमादी र सिद्देश्वरका किसानहरु सुन्तलाको बगैचाको अवलोकनमा पुगे । उनी त्यो सुन्तला बगैचा देख्दा दङ्ग परे । नयाँ ज्ञान सीप प्रयोग गरी गरिएको व्यवसायिक सुन्तला खेती किसानलाई पैसा, कृषि पर्यटकका लागि अध्ययन अनुसन्धान गर्ने थलोको बनेको छ । सुन्तलाका जरामा प्राकृतिक रुपमा नै मुख्य जरालाई सहायकले सहयोग गरेको देख्दा पहिलो पटक पुगेका कृषि पर्यटक दङ्ग छन्, सिम्लेका किसानहरुले आफुले गरेको कामका बारेमा जिज्ञासा राख्दा मख्ख बनेर जवाफ दिन व्यस्त छन् ।

सुन्तलालाई प्राकृतिक जरा हालेर दीगो रुपमा बचाउन सफल भएका छन् । सुकीसकेको सुन्तलाको जरामा प्राकृतिक जरा जडान गरेर सुन्तलालाई पुर्नजीवन दिदै आएका छन् । स्थानीय किसान चिरन्जीवी पोखरेलका अनुसार करिब दुई करोड बराबरको सुन्तला निकासी हुन्छ ।

रैनादेवी छहरा गाउपालिकाको आयोजनामा सिम्लेको नमुना सुन्तला बगैचाको अवलोकन गरी किसानलाई थप व्यवसायिक बनाउन सहयोग पुग्ने गाउपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । रैनादेवी छहरा गाउपालिकाले मुभुङ्ग, छहरा, सोमादी र सिद्देश्वरमा सुन्तला उत्पादन विशेष योजनाका साथ अघि बढेको छ । अवलोकन भ्रमणपछि व्यवसायिक सुन्तला खेतीबाट अझै आम्दानी बढाउने लक्ष्य गाउपालिकाका कृषि संयोजक ददीराम गौतमले बताउनुभयो ।