तानसेनको दर्शन सप्लार्यसमा शिलबन्दीे,बेच्नेसँगै म्याद नाघेका पेय पदार्थ गोदाममा,प्रशासनले सचेत बनाउदा अटेर

राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा–जिल्ला सदरमुकाम तानसेनकोे दर्शन सप्लार्यसमा अनुगमन टोलीले शिलबन्दी गरेको छ । मिति समाप्त भएका पेय पदार्थ बिक्रीका लागि एकै ठाउँमा राखिएको भेटिएपछि जिल्ला संयुक्त अनुगमन टोली शिलबन्दी गरेको हो । यस अघि अनुगमनका क्रम मिति समाप्त भएका पेय पदार्थ बजारमा पठाएकोले सचेत गराउँदा समेत अटेर गरेपछि शिलबन्दी गरिएको हो ।

दर्शन सप्लार्यसको दुई गोठामका कोठामा शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुम बहादुर पाण्डेयले बताउनुभयो ।
मिति समाप्त भएका पेय पदार्थ खादा मानव स्वास्थ्यमा असर गर्ने भएपछि संयुक्त अनुगमन टोली सप्लार्यसमा नै शिलबन्दी गरिएको हो । सप्लार्यसका हेलचेक्र्याईले उपभोक्ताहरु ठगिएका छन । तानसेन ठिटेपिपलको पाण्डे स्टोर्सले हार्थोकमा म्याद सकिएको पेय पदार्थ नै बिकी गर्दै हिडेको आरोप व्यवसायीले लगाएका छन् । स्टोर्सबाट साना पसलमा विक्री गरिएका पेय पदार्थमा नै म्याद नाघेको भेटेपछि हार्थोकबासी आक्रोसित बनेका थिए ।

अनुगमन टोलीले तानसेन र हार्थोकका अधिकाँश पसलमा मिति समाप्त भएका खाद्य सामान जफल गरी नष्ट गरेको छ । हार्थोकको बजार क्षेत्रबाट जफल गरिएका समान हार्थोकका जनप्रतिनिधि र स्थानीयबासिन्दाको रोहबरमा नष्ट गरिएको छ भने तानसेन ठिटेपिपलको पाण्डे स्टोर्स र श्रेष्ठ स्टोर्समा घिउ, पेय पदार्थको मिति समाप्त भएकोले अनुगमन टोलीले जफल गरी तानसेनमा शनिबार विहान नष्ट गरिएको हो ।

पाल्पाका सहायक प्रजिअ कृष्ण प्रसाद पन्थको नेतृत्वमा, प्रहरी, व्यवसायी, सँचारकर्मी सहितको अनुगमन टोलीले विहिबार र शुक्रबार पाल्पा सदरमुकाम तानसेन र रिब्दीकोटको हार्थोक अनुगमन गरेको थियो । होटल, मिठाई पसलमा गरिएको अनुगमनमा खाद्य साम्रागी छोपी राख्ने, उपभोग्य मिति समाप्त साम्रागी नबेच्ने, छुटटै राख्ने व्यवस्था गर्ने, विरामी मान्छेलाई काममा नलगाउने, सरसफाई गर्ने, जोख्नका लागि मेसिनको प्रयोग गर्ने र पसल दर्ता गरी सञ्चालन गर्न सुझाव अनुगमनकर्ता कमल तिमिल्सेनाले बताउनभयो ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले पाल्पामा स्थापना भएको छ । पाल्पामा कार्यालयमा स्थापना गरेर अनुगमनलाई तीव्रता दिएको छ ।
तिहार नजिकिदा तानसेनका अधिकाँश मिठाइ पसलमा सरसफाई कमी देखिएको छ । तिहार नजिकिदा तानसेनका अधिकाँश मिठाइ पसलमा खाद्य पदार्थ नछोपी राखेको भेटिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय, पाल्पाको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा मिठाई पसलमा खानेकुरामा नछोपी धुलो, धुवा र सरसफाई नभएको भेटिएको हो ।

बिहिबार तानसेनका ८ ओटा मिठाई पसलमा अनुगमन गरिएको हो । सिल्खानटोलको सुपर टप मिष्ठान भण्डार एण्ड रेष्टुरेण्ट, बडीज्ञानटोलमा मोहन रेष्टुरेष्ट, बसपार्कको होटल डायमण्ड, मुखनटोलको न्यु खनाल रेष्टुरेष्ट, नारायणस्थानको पोखरेल खाजा घर नास्ता पसलमा खानेकुरा नछोपी राखेको, भेटिएको हो ।
बसपार्कको ज्वाला रेष्टुरेष्ट, भीमसेनटोलको न्यू शर्मा रेष्टुरेष्टमा उपभोग्य मिति समाप्त भएको पेय पदार्थ भेटिएका छ । उपभोग्य मिति समाप्त भएको रेष्टुरेष्टमा १ वतल गुलाफ जामुन, ९ वटल मिरिन्डा, ३ वटल फेन्टा र ९ क्यान कोक र २२ वटल पेप्सी अनुगमनटोलीले जफल गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मिठाई उत्पादन क्षेत्रमा खाना पकाएको, बिरामी मान्छेलाई काम गर्न लगाएको र जोख्ने मेसिन बिग्रेको अवस्थामा भेटिएको थियो । तानसेनको बडीज्ञानटोलमा मोहन रेष्टुरेष्ट दर्ता विना सञ्चालनमा आएको छ । सडक किनारामा रहेको रेष्टुरेष्टले खानेकुरा नछोपी राखेको भेटिएको हो । सरसफाई नभएको हो ।

बसपार्कको होटल डायमण्ड मिठाईमा रङ्ग हाल्नका लागि मेसिन नभएको, विरामी कामदारलाई काम लगाएको भेटिएको हो । तानसेनको भीमसेनटोलस्थित श्रीनगर डेरीमा मिल्कमा घिउको बटटामा लेबुल नभएका भेटिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सुचना अधिकारी हुम बहादुर पाण्डेयले मिठाई पसलवालालाई सुधार गर्न सुझाव दिनुभयो ।