रिडीमा धार्मिक महोत्सव हुने

समाचार

पाल्पा–पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रूरू क्षेत्रको रिडीमा प्रचारप्रसारका लागि धार्मिक महोत्सव हुने भएको छ । अगामी मंसिर २६ गते चौथो भजन महोत्सव हुने भएको छ । रूरू धार्मिक सञ्चार प्रालिको आयोजनामा हुने चौथो भजन महोत्सवमा, करोडदीप प्रज्ज्वलन, दोहोरो शंक बजाउने प्रतियोगिता र पुस्तक विमोचन कार्यक्रम हुने भएको हो । महोत्सवको अवसरमा तानसेन नगरपालिका–१४, रूरू गाउँपालिका–१, कालीगण्डकी गाउँपालिका–१ का ८४ वर्ष पुगेका वृद्ध–वुद्धाबीच पुर्नमिलन तथा सम्मान बृहत भण्डारा कार्यक्रमको आयोजना गरिएको सञ्चार प्रालिका प्रवन्ध चुरामणी बस्यालले जानकारी दिनुभयो । महोत्सवमा पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाबाट महोत्सव अवलोकन हुने आयोजकले लक्ष्य लिएको छ । नेपालको चार धाम मध्ये रूरू क्षेत्र एक मानिन्छ ।