विकृति विसंगतिका विरुद्ध अभियान चलाउँदै युवा

राष्ट्रिय

पाल्पा– युवाहरुले परम्परागत आनीबानी र रुढीबाढी सोचका विरुद्ध शसक्त रुपमा सामाजिक परिर्वतनका लागि काम गर्न थालेका छन् । बगनासकाली गाउपालिका–८, का युवाहरुले सामाजिक परिर्वतनको खाँचो देखेर सामाजिक विकृति विसंगति विरुद्ध सडक नाटकदेखि तालिम, सामुहिक भावनाको विकास लागि सामुहिक खेतीलाई अभियानमा जुटेको हुन ।

कानुनले निशेध गरेपनि परम्परागत आनीबानी र रुढीबाढी सोचका कारण समाजमा झैझगडा हुने बढेको देखेपछि युवा जनचेतना मुलक कार्यक्रम गर्न थालेका हुन । सामाजिक विकृति विसंगतिहरुले समाजमा ब्याप्त रहेपछि उनी सामाजिक रुपान्तरण सहितको समाज निर्माण जुटेका हुन ।
सामुदायमा रहेको विकृति विसंगतिका विरुद्ध अभियान सञ्चालन गर्दै आएपछि समुदायमा परिर्वतन समेत देखा परेको छ । युवाहरुले सवैका घर परिवार खुसी र समृद्धिका लागि सामाजिक परिर्वतन पहिलो आवश्यकता हो । परिर्वतन विना सामाजिक विकास हुन सक्दैन, भन्ने मान्यताका साथ यो अभियान अघि बढेको हो ।
समाजमा ब्याप्त जातीय छुवाछूत, लैङ्गिक हिंसा, लागुऔषत दुब्र्यसनी, युवा र प्रजनन स्वास्थ्य, शिक्षा, स्वास्थ्य, खाद्यय अधिकार लगायतका विषयमा सडक नाटक मार्फत स्थानीयबासिन्दालाई सचेत बनाउन सफल भएको बेद युवा समुहका अध्यक्ष बरुण भटटराई बताउनुभयो ।
इन्सेक पाल्पाद्धारा गठित बेद युवा समुह चापपानीले काम गर्न थालेपछि अहिले सामाजिक रुपमा परिर्वतन देखिन थालेको अध्यक्ष भटटराई बताए । सामुहिक रुपमा अभियान सञ्चालन पछि जातीय छुवाछूतका घटनामा भएको आएको, महिलामाथि हुने हिंसामा कमी आएको हो । कक्षा ११ देखि १२ कक्षामा अध्ययनरत युवाद्धारा सो समितिमा अभियान सञ्चालन गर्दै आएको हो ।
सामाजिक काम गरी समुदायको परिर्वतन गर्ने हाम्रो लक्ष्य भएकोले सामुहिक अभियान सञ्चालन गरेको समुहका सचिव जीवन न्यौपानेले जानकारी दिए । बेद युवा समुहले समाजमा रहेका हरेक किसिमका समस्या समधानमा नाटक मार्फत अभियान सञ्चालन गरेसँगै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुगेको हो ।
युवाहरुले सामाजिक काममा नेतृत्व गर्ने मौका समेत पाएका छन् । आलोपालो नेतृत्वमा र सामुहिक रुपमा काम गर्दा पछि नेतृत्व तहमा रही काम गर्नु पर्र्दा सहज हुने सचिव न्यौपानेले बताउनुभयो ।
बुढापाकाहरुले परम्परा सोचका कारण सामाजिक विकृति र विसंगतिहरु नहटेकोले आफैहरुबाट सामाजिक रुपान्तरणका लागि सामुहिक अभियान सञ्चालन गर्नुपरेको उनीहरुको भनाई छ ।
समुहका सदस्य सरोज काफलेका अनुसार अभियानका कारण जातीय विभेदका घटनामा कमी आएको छ । सडक नाटक अभियान मार्फत समुदायका मानिसहरुको सचेत बन्दै गएको इन्सेक पाल्पाका सल्लाहकार भगवान भण्डारी बताउनुभयो ।

पढेलेखका व्यक्तिहरु फुर्सिदको समयमा तास र मन्दिर सेवन गरी खर्चेका बेला यहाँका युवाहरुले समुदायका परिवर्तन लागि समय खर्चिनु आफैमा राम्रो काम भएको इन्सेक पाल्पाका संयोजक यक्षमुर्ति तिमिल्सेनाले बताउनुभयो ।