रामपुरमा ‘विथलिदो संसार’ मञ्चन हुँदै

राष्ट्रिय

सीता डोटेल
रामपुर- पाल्पाको रामपुरमा बुधबार देखि दशैं विशेष नाटक मञ्चन मेला २०७५ सुरु भएको छ । होटल न्यू श्रीनगरको सभाहलमा चलिरहेको ‘विथलिदो संसार’ नाम नाटक साथी म तिम्रो नामक संस्थाले क्यानसर रोगीहरुको सहयोगार्थ संञ्चालन गरेको हो ।
नाटकको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले देशका पदमा आसिन व्यक्तिहरुले गर्न नसकेको कार्य युवासंस्थाले गरेको बताउँदै समाज रुपान्तरणमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । युवाहरुको रचनात्मक कार्यबाट चेतना जागउँदै आएको भन्दै नगरपालिकाले हाल व्यवस्थापनमा १० हजार सहयोग गर्ने जानकारी दिदै सामाजिक काममा निरन्तर सक्दो साथ दिने बताउनुभयो । थापाले प्रतिभालाई अझ उजागर गर्दै जिल्ला, देश र अन्तराष्ट्रिय क्षेत्रमा अघि बढ्न साथी म तिम्रो संस्थालाई शुभकामना दिनुभयो ।
त्यस्तै रामपुर नगरपालिका नगर विशेष समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले युवाहरुलाई कुलतबाट जोगाउन सृजनात्मक कलाले ठूलो योगदान दिने बताउदै यसको निरन्तरतको लागि शुभकामना दिनुभयो । कार्यक्रममा साथी म तिम्रो संस्थाका अध्यक्ष दिपु शाहीले नगर क्षेत्र विभिन्न स्थानमा क्यान्सर पिडितहरु भेटिएको र सहयोगको लागि नाटक प्रदर्शन गर्न लागेका कार्यक्रममा जानकारी दिनुभयो । नाटकका लेखक तथा निर्देशक शंकर सुनारले नाटकको बिषयबस्तु जानकारी दिदै मनोरञ्जन संगै चेतनाको माध्यमबाट आर्थिक संकलन गरेर पिडितलाई सहयोग गर्न नाटक मञ्चन गरिएको बताउनुभयो । कार्यक्रमको संञ्चालन प्रदिप सुनारले गरेका हुन् ।
४ महिना अघि रामपुरमा स्थापित साथी म तिम्रो संस्थाले नगरपालिका र प्रहरी प्रशासनको समन्वयमा यसअघि सरसफाई तथा वृक्षारोपण लगायतका सामािजक कार्यक्रम गर्दै आएको छ । नाटक शुभारम्भको अवसरमा नाटकको झलकहरु प्रस्तुत गरिएको थियो । विथलिदो संसार नामक नाटक मार्फत कलाकारहरुले गण्डकी बेशी क्षेत्रको विगत र वर्तमानको परिवेश, मौलिक संस्कृति र सामाजिक विषय वस्तुहरुलाई देखाउने प्रयास गरेका छन् । नाटक बुधबार, विहिबार र शुक्रबार दैनिक ३ शो मञ्चन गरिने संस्थाले जनाएको छ । बिशेष गरि कक्षा ११ र १२ मा पढ्ने बिद्यार्थीहरुको नेतृत्वमा गठन भएको यो संस्थाले बिगत २ महिनादेखि तयारी गरेको नाटक प्रद्र्धशनबाट संकलित रकम सामाजिक काममा लगाउने उद्घोष गरेर अभिनयलाई जोड दिदै आएको थियो । नाटकमा झण्डै २० जना कलाकार रहेका छन् ।