उत्कृष्ट चालक सम्मानित

राष्ट्रिय

पाल्पा-उत्कृष्ट चालक सम्मानित भएका छन् । चालकहरुले हालसम्म कुनै दुर्घटना नगराएको, ट्राफिक नियम पालना गरेको, यात्रुहरुसँग राम्रो व्यबहारको गरेको आधारमा उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी साधनका चालक सह चालक जिम्मेवार बनाउँनका लागि चालकलाई सम्मान गरिएको हो । लामो समय देखि चालको काम गर्दै आएका उत्कृष्ट चालकहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा चालकको रुपमा मिन बहादुर गुरुङ, चन्द्र बहादुर घर्ती, किरण राउत क्षेत्री, जुद्ध बहादुर कार्की, वलनारायण श्रेष्ठ, शिव बहादुर घर्ती र ऋषिराम भट्टराइ रहेका छन् । ३० बर्षदेखि विना तलव, स्वतहस्फुर्त रुपमा तानसेनको वसपार्कमा नागरिक ट्राफिकको काम गर्दै आएका टोप प्रसाद श्रेष्ठलाई नगद र प्रमाण पत्रले सम्मानित हुनुभएको हो ।
प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, नेपाल राष्ट्रिय यातायात व्यबसायी महासंघ ५ नं प्रदेशका संयोजक डिलबहादुर ढङ्गाना, ट्राफिक प्रहरी प्रमुख डम्वर गिरी, कार्यक्रमका अध्यक्ष ईश्वरी खनालले नगद सहित प्रमाणपत्रले सम्मानित गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, यातायात व्यबसायी महासंघका ५ नंं संयोजक डिलबहादुर ढुङ्गाना, सामुदायिक सेवा केन्द्रका सचिव भरत शर्मा, मानवअधिकारकर्मी दिवाकर पाण्डे, जिल्ला ट्राफिक प्रमुख डम्वर गिरी, श्रीनगर यातायातका कार्यालय प्रमुख भविन्द्र गौतम लगायतले यात्रुको सुरक्षित गन्तव्य यात्रा, दुर्घटना लाई न्युनिकरण यो अभियानले सहयोग पुर्याउने बताउनु भयो ।
यात्रु सहायता कक्ष सञ्ंचालन
पाल्पा सदरमुकाम तानसेनको वसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले दशैका बेला जन्मघर फर्किने यात्रुलाई सुरक्षित रुपमा घरमा पुरयाउने उद्देश्यका साथ यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले कक्षबाट यात्रुले गुनासो गरी सुरक्षित यात्रा गर्न सक्ने प्रहरीको दावी छ ।