रामपुरको शहिद क्याम्पसको टोली र भारतीय राजदुत मञ्जिव सिंह बिच भेटबार्ता

तानसेन

पाल्पा- भारतीय राजदूत मञ्जिव सिं र पाल्पाको शाहिद बहुमुखी क्याम्पस रामपुरको एक प्रतिनिधि टोली बीच काठमाडौंमा भेटघाट भएको छ । विहिबार भारतीय राजदुत मञ्जित सिंह पुरी, नेपाली काँग्रेसका युवा नेता तथा अन्र्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका सभापति सन्दीप राना, शहिद बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख वासुदेव देवकोटा, क्याम्पसका स्ववियू सभापति जीवन तिवारी लगायतको टोलीले नेपाल र शिक्षा क्षेत्रमा सिं सँग भेटघाट गरेको हो ।

भेटघाटमा पाल्पा जिल्लाको पुर्व भेग सहित चार जिल्लाको संगम स्थलमा रहेको शहिद बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक विकासका विषयमा छलफल भएको स्ववियू सभापति जीवन तिवारीले जानकारी दिनुभये । छलफलमा भारतीय राजदुत सिंले रामपुरको शैक्षिक उन्नयन र भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको तिवारीले बताउनुभयो । विगत देखि नै नेपाल र भारत बीचको सम्बन्ध सुमधुर रहेको भन्दै नेपालको विकासका लागि भारत सधैब तयार रहेको राजदूत पुरीको भनाई रहेको थियो ।

जिल्लाको शैक्षिक, धार्मीक र पर्यटकीय क्षेत्रको विकासमा केही जानकार रहेको बताउदै सिं ले जिल्लाको इतिहास पुनः दोहो¥याउन र स्वर्गिय शहिदको नामले संसञ्जित क्याम्पसका लागि आफुले सहयोग गर्ने बताउनुभयो । सदरमुकाम पछिको पहिलो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरको शैक्षिक, धार्मिक, पर्यटकीय विकासमा राजदुतले देखाएको सहयोग र सद्भाव प्रति शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बासुदेव देवकोटाले धन्यवाद दिदै नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउन आफुहरुले चाहिरहेको बताउनुभयो । दुई देश बीचको भेटघाटले नेपाल र भारत बीचको सम्बन्ध अझ सुमधुर हुनेछ भन्ने विश्वास छ प्रमुख देवकोटाले भन्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता तथा अन्र्तराष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाको पहलमा राजदुत पुरी सँगको भेटघाट सफल भएको हो । भेटघाटमा युवा नेता रानाले नेपालको विकासलाई भारतले बिभिन्न तवरले सहयोग गरिरहेको बताउदै शिक्षा क्षेत्रमा राजदुत पुरीले देखाउनुभएको ध्यानाकर्षण र भेटघाटलाई आफुले उपलब्धिमुलक लिएको बताउनुभयो ।