तिनाउँ गाउँपालिकालार्ई जग्गादान

तानसेन

पाल्पा–तिनाउँ गाउँपालिकालाई स्थानीयबासिन्दाले एक करोड बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । तिनाउँ गाउँपालिका–२, दोभानका सात जना स्थानीयबासिन्दाले छ रोपनी जग्गादान गरेका हुन । पाल्पा तिनाउ गाउपालिका दोभानका लाल बहादुर थापा, कमला थापा (राम बहादुर को आमा), जय बहादुर थापा, नारायण बस्याल, कृष्ण बस्याल, शेर बहादुर थापा र दिपा थापाले संयुक्त रुपमा जग्गा दान गरेको गाउपालिका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयबासिन्दाले सो गाउपालिकाको नाममा पास गरीदिइसेका छन् । रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिकासँग जोडिएको तिनाउ गाउपालिकाको दोभान पछिल्ला वर्ष बराईसराई बस्नेहरुको आकर्षित हुदँै आएका छन् ।जग्गाको अभावमा भवन निर्माणको काम अघि बढाउन नसकेको बेला भूमिदान पछि गाउँपालिकाले भवन निर्माणमा गर्ने जनाएको छ । भूमिदान गर्ने मानुभवहरुलाई गाउपालिकाले सम्मान गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । मनकारी मानुभवहरुले जग्गादान गरी गाउँपालिकालाई ठुलो गुन लगाउनु भएको श्रेष्ठले बताउनुभयो ।