ढिलासुस्ती सहेर बसिदैन, कारबाही हुन्छ– पाण्डेय

तिनाउ राष्ट्रिय

तानसेन–उच्च स्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेयले जनचासोका काम ढिलासुस्ती भए सहेर बस्न नसकिने भएकोले पुल निर्माणका काम प्रभावकारी रुपमा छिटो छरितो रुपमा सम्पादन गर्नुपर्ने बताउनुभएको छ । जनचासोका काममा जनताको पनि निगरानी हुन्छ, मन्त्री र साँसदले केही भनेका छैन भनेर ढिलासुस्ती गर्ने होइन, जनताले पनि प्रश्न गर्दछन्, त्यसको जवाफ निर्माणपक्षले दिनुपर्छ भन्दै उहाँले पुल निर्माण ढिलासूस्ती भए कारबाही हुने बताउनुभयो । उच्च स्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेय र पाँच नम्वर प्रदेशका पूर्वाधार तथा भौतिक विकास मन्त्री वैजनाथ चौधरी संयूक्त रुपमा पुलको शिलान्यास गर्दै पाण्डेयले तत्कालिन जिल्ला विकास समितिले पुल निर्माणको काम अघि नबढाउँदा विनियोजित बजेटसम्म खर्च हुन नसक्दा फिर्ता हुनु दुःखद पक्ष रहेको उहाँकोे जिकिर छ ।
“केन्द्रीय बजेटबाट पुल निर्माण हुदैँछ, बजेट निकासा र प्रक्रियागत झन्झट मिलाउने काम मैले जिम्मेवारी लिन्छु,” उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्नुपर्छ, समयमा काम सम्पन्न नभएमा हामी सहेर बस्न सक्दैनौ, कानूनी कारबाही गरौं ।”प्रदेशका पूर्वाधार तथा भौतिक विकास मन्त्री वैजनाथ चौधरीले पुल निर्माणका क्रममा स्थानीयबासिन्दाले कुनै पनि अवरोध गर्न नहुने बताउनुभयो । स्थानीय बासिन्दाको अवरोधका कारण पुल निर्माण ठेकेदार पक्षले ढिलासुस्ती गर्न नहुने मन्त्री चौधरीले बताउनुभयो ।
उहाँले जिल्लामा पूर्वाधार विकास कार्यालय, खानेपानी, सिचाइ जस्ता कार्यलय साउन महिनादेखि नै सञ्चालन ल्याउन लक्ष्य रहेपनि संघीय सरकारले कर्मचारी नपठाउँदा काम हुन नसकेको बताउनुभयो । उहाँले कर्मचारी सघीय सरकारमा रहेको पुल समयमा निर्माण हुन सकेन भने त्यसको जिम्मेवार सघीय सरकारले लिनुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रदेश साँसद नारायण आचार्यले पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयबासिन्दा ठुलो राहत हुने बताउनुभयो । उहाँले पुल निर्माणका लागि सहयोग समिति निर्माण र अनुगमन समिति गठन गरी काम प्रभावकारी रुपमा समयमा सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले जनताले सिह दरबारको अधिकार घर घरमा आएको भन्दै खोइ अधिकार भनेर प्रश्न गर्न थालेको बताउनुभयो । उहाँले अगामी दिनमा स्प्रीडका साथ स्थानीय तहलाई काम गर्न दिनुपर्ने बताउनुभयो । रानीमहल तानसेन नगरपालिकालाई स्थानीय सरकारलाई हस्तान्तरण गरेपनि आयआर्जन गर्ने वातावरण नभएको गुनासो प्रदेश साँसद र सघीय साँसदका अघि राख्नुभयो । रसुवा कन्टक्र्सन ६ करोड ४३ लाख रकममा २०७६ असार २३ गते पुल निर्माण कार्य गर्ने सम्झौता छ ।