गगनको गनगन

तिनाउ

पाल्पा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले वर्तमान सरकारबाट शुसासनको आपेक्षा गर्न नसकिने जनाउ दिएको छन् । सरकारले शुसासन कायम गर्न खोजेपनि सफलता हासिल गर्न नसकेको थापाको आरोप छ । उहाँले सरकारलाई नेपाली काँग्रेसले संविधान कार्यान्वयको विषयमा सहयोग गर्दै आएको र गर्ने बताउनुभयो । उहाँले सरकारको गुण र दोषका आधारमा नेपाली काँग्रेसले सरकारको विरोध र सहयोग गर्ने भन्ने टुंगो लगाउने बताउनुभयो ।
प्रेस युनियन पाल्पा शाखाद्धारा आज विहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता गगन कुमार थापाले सरकारले समय भित्र कानुन बनाउने विषयमा नेपाली काँग्रेसले मद्दत गर्ने बताउनुभएको हो ।सरकारसँग संविधान सशोधनमा धारण के छ भन्दै, त्यस धारणालाई प्रष्ट बनाएर संसदमा ल्याउनुपर्ने नेता थापाले बताउनुभयो । असन्तृष्टि पक्षलाई सम्वोधन गरेर एक ठाउमा जोडने कुरामा सरकारलाई काँग्रेसको सहयोग रहने छ । सरकारले ससदमा लगेर संविधान सशोधनका लागि नेपाली काग्रेसका पूर्ण सहयोग रहने उहाँले बताउनुभयो । संघीयको कार्यान्वयको मुद्दा सवै भन्दा पेचिलो विषय बन्दै गएको छ ।सरकार शुसासनका पक्षमा प्रयासरत रहेपनि काम गर्न नसकेको औल्याउनुभयो । उहाँले निर्वाचित सरकार जनता, प्रेस र प्रश्नहरुसँग डराउन छाडेको बताउनुभयो । सरकारले कसैको कुरा नसुनेर आफु खुसीकाम गर्दै जानु सुशासनको हुन नसकेको थापाको दावी छ ।यसैबीच प्रेस युनियन पाल्पाको नवनिर्वाचित पदाधिकारीलाई पदस्थापना कार्यक्रममा गरिएको थियो ।युनियनका पदाधिकारीहरुलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।