पाल्पामा नेकपाको अगुवा कार्यकर्ता भेला

तिनाउ

पाल्पा–नेपाल कम्युनिष्ट पार्टीको बगनालकाली गाउँपालिका, माथागढी गाउपालिका, तानसेन नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
लामो सयम नेकपाको पार्टी भेला तथा प्रशिक्षण सञ्चालन गर्न नसकेको बेला पाल्पामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्तालाई अगुवा भेलाको आयोजना गरेको हो । भेलामा नेकपाका नेता सोम प्रसाद पाण्डेय, ठाकुर गैरे, राधाकृष्ण कडेल, तुलराम घर्ती, नेत्र पाण्डेय लगातका नेताहरु सहभागी भएका छन् । बगनासकालीको कार्यक्रममा नेकपाका युवा नेता ठाकुर गैरेले नेपाली काँग्रेस प्रतिपक्षको भूमिका निभ्याउन नसक्ने गरी पछारिएको बेला सरकारले राम्रो काम गर्नुपर्ने बताउनुभएको छ ।
नेकपाको बगनासकालीमा अगुवा कार्यकर्ता भेलामा नेता गैरेले दुई तिहाईको सरकारले असफल भइयो भनेर भन्ने छुट नहुने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर ५ का साँसद तुलाराम घर्तीले सरकारले देश र जनताका पक्षमा काम भइरहेको बताउनुभयो । उहाँले देश विकासका लागि सवै समुदायको सरकार सहयोग चाहिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश साँसद नारायण आचार्य, नेकपाका जिल्ला नेता तथा संविधानसभाका सदस्य राधाकृष्ण कडेल, देवीलाल बस्याल, सरस्वती चिदी, झपेन्द्र जीसी, मथुरा ढकाल लगायत वर्तमान सरकारका काम प्रभावकारी बनाउन कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । नेकपा पाल्पाले स्थानीय तहमा कार्यकर्ता भेलाको आयोजना गरेको छ । दुइ पार्टी एक भएपछि पार्टी कार्यकर्ताहरुमा उत्साह छाएको छ । तर स्थानीय सरकार, प्रदेश सरकार र सघीय सरकारका काममा नागरिकमा खुसी हुन सकेको स्थिति छैन ।