रामपुरमा प्राथमिक उपचार विधि सिक्दै

पूर्वखोला राष्ट्रिय
सेयर गर्नुहोस

सीता डोटेल

पाल्पा (रामपुर),१४ असोज– पाल्पाको रामपुरमा एक दिने निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । दुर्घटना बाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले डिस्कवरी रोयल स्पोर्ट्स प्रा.लिको आयोजना, पाल्पाली समाज युएई र रामपुर नगरपालिकाको सहकार्यमा भएको हो ।

होटेल न्यू श्रीनगरको सभाहलमा भएको तालिममा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकाका नागरिक सहित नगरका बिभिन्न बिद्यालयका विद्यार्थी, जनप्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, युवा क्लब तथा नगरमा सञ्चालित विभिन्न संघसंस्थाका प्रतिनिधि, लुम्बिनी मेडिकल कलेजका विद्यार्थीको टिम सहित गरि १ सय २५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।

तालिममा डिस्कवरी रोयल स्पोर्टस प्रा.लि युएई तथा नेपालका प्रबन्ध निर्देशक ओम उप्रेती, हेमन्त पौडेल र राजु थापाले फरक–फरक प्रकृतिका दुर्घटना तथा रोगको प्राथामिक उपचार कसरी गर्ने भन्ने बारेमा सैद्धान्तिक तथा व्यवहारिक सिप सिकाउनुभएको थियो । सहभागीलाई उच्च रक्तचाप, मुर्छा पर्ने, बेहोस हुने, हातखुट्टा भाचिएको, घाऊ चोटपटक लागेको, घाटीमा अड्केको, सर्पले टोकेको तथा सडक दुर्घटना लगायतका बिभिन्न अबस्थामा अस्पताल पु¥याउन अगाडी मानिसलाई बचाइराख्न तथा पिडा कम गराउन गर्न सकिने उपाँयका बारेमा व्यवहारिक ज्ञान सीप दिएको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजमा हुने विभिन्न दुर्घटनामा हामीले प्राथमिक उपचारका विधि अपनाउँदै आए पनि अझै केही ज्ञानको अभाव रहेकोमा यस तालिमले धेरै हदसम्म ूर्ति गरेको बताउनुभयो । वडा वडाबाट छनौटमा आउनुभएका सहभागी तथा जिम्मेवार सरोकारवाला निकायसँग इंकित गर्दै थापाले अब अकालमा ज्यान जानबाट बचाउन र त्यस्तो अबस्थाको बिरामीको जिवन केही बेर टिकाई राखी डाक्टरसम्म पु¥याउन सकिने अबस्थालाई मध्यनजर गर्दै सिकेका मेहनत लगाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक ओम उप्रेतीले युएईमा व्यवसाय गर्दै आएकोमा नेपालीहरुको भौगोलिक बिकटताले समयमा उपचार नपाएर बर्षेनि हजारौंको ज्यान गइरहेकोमा आफ्नो सिकाईलाई नेपालमा लगाउने गरि आफु निशुल्क प्राथमिक उपचार तालिममा लागि परेको बताउनुभयो । उहाँले एक्लो आफ्नो प्रयासलाई सयौं संस्था र हजारौं नागरिकले साथ दिएको आफुमा थप हौसला मिलेको बताउनुभयो ।

शहीद बहुमुखी क्याम्पस संञ्चालक समितिका अध्यक्ष देवराज ढकाल, रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, तालिम सफल बनाउन सहयोग गर्ने पाल्पाका स्थानीय संस्थाहरु रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद पोखरेल, स्टुडेण्ट च्यारीटेबल सोसाइटीका अध्यक्ष छवि पौडेल, रामपुर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँण, रामपुर युवा क्लवका अध्यक्ष अशोक श्रेष्ठ, सामुदायिक बन उपभोत्ता महासंघका बिन्दु श्रेष्ठ, लायन्स क्लव अफ रामपुरका विष्णु पौडेलले प्रदेशमा बसेर पनि देशमा केही गर्न सकिन्छ भन्ने कुरा नेपालीहरुले यो अभियान चलाएर र पाल्पाली समाज युएईले जिल्लामा गरेको कार्यले प्रमाणित गरेको बताउनुभयो ।

अन्तराष्ट्रिय मान्यता प्राप्त आई एस ओ द्धारा मान्यता लिएर नेपालका बिभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्ने अठोट बोकेका उप्रेतीले ७ जिल्लामा यस अघि यस्तो तालिम चलाइसकेका छन् भने दोस्रो चरणमा स्याङ्गजापछि पाल्पामा कार्यक्रम भएको हो । जिल्लामा संस्थाले पहिलो पटक तालिम चलाएकोमा रामपुर नगरपालिकाले डिस्कभरी रोयल स्पोर्ट्सका निर्देशक तथा मुख्य प्रशिक्षक ओम उप्रेती, प्रशिक्षक द्धय हेमन्त पौडेल र राजु थापालाई सम्मान पत्र प्रदान गरेको छ भने नगरपालिकाको समन्वयमा जिल्लामा कार्यक्रम सञ्चालन गरेकोमा पाल्पाली समाज युएईलाई सम्मान गर्दै समाजका अध्यक्ष बेद प्रसाद अर्र्याललाई सम्मान पत्रले सम्मान गर्नुभयो ।

सोही अबसरमा डिस्कभरी रोयल स्पोटर््सले तालिम सञ्चालन गर्न सहकार्य गर्ने रामपुर नगरपालिका, पाल्पाली समाज युएई तथा स्थानिय सबै संघसंस्था, संयोजक एंव स्वयम्सेवकहरुलाई सम्मान गरेको छ । पाल्पाली समाजले समाजको कामलाई सधै सघाउदै आउनुभएका पत्रकार सीता डोटेललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापा र समाजका अध्यक्ष बेद प्रसाद अर्यालले डोटेललाई सम्मान गर्नुभएको हो ।पाल्पाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम प्रशिक्षक हेमन्त पौडेलको स्वागत र सीता डोटेलको संञ्चालनमा भएकोे हो ।