निजामति कर्मचारी दिवसमा रक्तदान

राष्ट्रिय

पाल्पा-रिब्दीकोट गाउपालिका अन्तरगतका सम्पूर्ण निजामति कर्मचारीहरुको आयोजना र रिब्दीकोट गाउपालिका र लुम्विनी मेडिकल कलेज पाल्पाको संयोजनमा निजामति सेवा दिवस÷साक्षर दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तादन कार्यक्रममा ३० जना जनप्रतिनिधि र कर्मचारी रक्तदान गरेका हुन । लुम्विनी मेडिकल कलेज प्रभाषमा रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

रिब्दीकोट गाउपालिकाकोे दोस्रो खण्ड ः राजपत्र सार्वजनिकीकरण कार्यक्र सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीलो समेत सार्वजनिक गर्नुभयो ।

उहाँले जनप्रतिनिधि र निजामति कर्मचारीको एउटै उद्देश्य जनहितमा काम गर्ने रहेको बताउनुभयो । उपाध्यक्ष लक्ष्मी खनाल, प्रवक्ता विष्णु गैरे, वडा १ का वडाध्यक्ष नारायण बहादुर लाम्टाङ्गे, नेका इन्द्र पाण्डेय, नेकपाका नारायण भाट लगायतले निजामति कर्मचारी अझै राम्रो काम गरी गाउँपालिकालाई नमुना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गाउपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेल र सञ्चालन शिक्षा अधिकृत बेल्बासे गर्नुभएको थियो । निजामति दिवसका अवसरमा वृक्षारोपण लगायतका गतिविधि सम्पन्न भएका थिए ।