सार्वजनिक सुनुवाईमा गरीब र विपन्नमुखी योजनामा गाउपालिकाको चासो

राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा–रिब्दीकोेट गाउँपालिकाले कृषि औजार निर्माणका लागि परम्परागत आरन पेशालाई संरक्षण चासो दिएको छ । गत आव २०७४।०७५ मा गाउँपालिकाभित्रका परम्परागत आरन व्यबसायलाई व्यस्थित बनाउन २७ जना व्यबसायीलाई तालिम सहित अनुदानको व्यवस्था गरेको हो ।

गाउँपालिकाले सवै घरमा उज्यालो बनाउने रणनीतिका साथ विद्युत् बत्तिलाई व्यबस्थित बनाउन ४ सय ८० थान स्टिलका पोल खरिद वितरणको तयारीमा रहेको छ । काठको पोल ढलेर स्थानीयबासिन्दा अन्धकारमा बस्नुपर्ने बाध्यता हट्ने छ । जनताले उठाएका गुनासा, सल्लाह सुझाव अनुसार चालु आर्थिक बर्षका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाले आ. ब. २०७४÷०७५ को समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा एक घर एक निजी धारा अभियान अन्तरगत ११ वटा ठुला लिफ्टिङ खानेपानीको लागी विस्तृत योजाना तयार गरी काम अगाडी बढाएको, ६ वटा वडामा ईन्टरनेट जडान गरी कार्यालयका कामहरु अनलाई पद्धती बाट शुरु भएको, वडा नंं ५ कसुमखोला लाई खरको छानामुक्त वडा घोषणा गरिएको, रिव्दिकोट रिव्दिकोट ४ वटा वडा लाई शुन्य होमडेलिभरी वडा घोषणा गरिएकोे प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

रिब्दीकोट गाउपालिका–१, ख्याहा जोगिथुमको कालिका आधारभुत विधालयमा निशुल्क दिवा खाजा संचालन गरी गरिव सिमान्तकृत, दलित आदिवासीहरु लाई विधालयको पहुच सम्म ल्याउने काम भएको, सुत्केरी आमा लाई पोषण युक्त बनाउन बच्चा जन्माएको १५ दिनपछी सुत्केरीकै हातमा १ सय ५ जना सुत्केरी महिलाहरु १ हजार ५ सय रुपैयाका दरले पोषण खर्च उपलब्ध गराएको वडा नंं ४ मा नियमित गर्भ जचाए वापत प्रत्येक पटक १० वटा अण्डा वितरण गर्दै आएको, आर्युवेदिक स्वास्थ्य लाई विस्तार गर्न प्रत्येक महिनाको २ पटक सेवा संचालनमा ल्याएको, १ सय ३४ जना दिर्घ रोगीहरु लाई अनुदान रकम प्रदान गरेको, ५५ अति गरिव विपन्न परिवार लाई निशुल्क विमा, ५८ दलित घरपरिवारलाई ५० प्रतिशत अनुदानमा स्वास्थ्य विमा गरिएको गाउँपालिकाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाको संयोजनमा भएको कार्यक्रममा जनताहरुले आ आफ्ना गुनासा तथा सुझाव दिएका थिए ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले ९३ .३६ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । जनताले उठाएका गुनासा, सल्लाह सुझाव अनुसार चालु आर्थिक बर्षका योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख, वडा अध्यक्ष गाउँपालिका प्रवक्ताले जनताले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । गाउँपालिका प्रमुख नारायण बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख लक्ष्मी खनालको स्वागत पत्रकार रेखीराम रानाको सहजीकरण र पत्रकार महासंघका सह सचिव कृष्ण कार्कीको संचालनमा कार्यक्रम चलेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नारायण भाट र नेग बहादुर ओली, नेपाली काग्रेसका दिवाकर अर्याल, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष कृष्ण जीसी, प्रकाश रायमाझी, लक्ष्मण ठडराई, बिष्णु प्रसाद आचार्य, अमर खड्का, पत्रकार कृष्ण दर्नाल, कृष्ण पोखरेल महिला अधिकारकर्मी गिता खनाल, सिकाइ केन्द्रका अध्यक्ष राधेलाल अमात्य लगायतले गरीवी न्यूनीकरण गर्ने र रोजगारी सिर्जना खालका कार्यक्रम ल्याउनुपर्ने सहभागीहरुले सुझाव राखेका थिए ।