प्रेमको स्वर्ग रानीमहल तानसेन नगरपालिकालाई उपहार

राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा-पुरातत्व विभागले रानीमहललाई तानसेन नगरपालिकाको रेखदेख सहितको जिम्मेवारी सुम्पिएको छ ।

पुरातत्व विभागले नेपालको ताजमहल नामले परिचित पाल्पाको रानीमहललाई तानसेन नगरपालिकाको रेखदेख गर्ने गरी दश वर्षसम्म सुम्पिएको हो । स्थानीय तहमा हस्तान्तरण भएपछि रानीमहलको मुहार फेरिने आशा स्थानीयबासिन्दाको छ ।

रानीमहल तानसेन नगरपालिकाको रेखदेखमा रहदा रानीमहलको उचित ढंगबाट व्यवस्थापन हुन सकेको अवस्थामा पर्यटन आगमनमा ठुलो सहयोग पुग्ने र पर्यटन व्यवसाय फस्टाउने आशा छ । व्यवस्थापनका अभावमा समेत रानीमहलमा प्रेम जोडीका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।

पुरातत्व बिभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाही बीच समझदारी पत्रमा हस्ताक्षर भएपछि दशवर्षको अवधिसम्म रानीमहल तानसेन नगरपालिकाको रेखदेखमा रहनेछ ।

पुरातत्व विभागको मातहतमा रानीमहल रहदाँ संरक्षणमा चासो देखिएन । तानसेन नगरपालिका नगरप्रमुख अशोक कुमार शाहीले रानीमहले संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गरी पर्यटन आकर्षण गर्ने बताउनुभयो । रानीमहल सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेपनि स्थानीय तहबाट हुन नसक्ने कामहरुमा सरकारबाट सहयोग रहने नगरप्रमुख शाहीले बताउनुभयो ।  स्थानीय तहलाई हस्तान्त्रण गर्नु सरकारले हात निकाल्ने होइन, सहयोग रहीरहन्छ ।
तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित कालीगण्डकी नदीको भिरालो चट्टनमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीय स्थल हो ।

ऐतिकहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, पुरातात्विक, साँस्कृितक रुपमा अत्यन्त महत्वपुर्ण मानिएकोे ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।
पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा सुरु गरी ५ वर्ष निर्माण कार्य पुरा भएको थियो । वि.स. १९५४ सालमा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य रहेकोले पर्यटक ओइरो लाग्ने गर्दछ ।

तानसेनदेखि रानीमहलसम्म एउटामात्र जीप सञ्चालनमा रहेको छ । वर्षाले पहिरो खस्दा यातायातका साधन सञ्चालनमा समस्या भएपनि साना गाडी सञ्चालनमा रहेका छन् । साना भ्यान, कार तथा स्कापिओ गाडीहरु ताजमहलसम्म पुग्न थालेपछि पर्यटक गत वर्ष भन्दा बढेको स्थानीयबासिन्दा तथा पर्यटनव्यवसायी सुशील कुँवर जानकारी दिनुभयो ।

कालीगण्डकी नदी बिश्वमै बिरलै बहने उत्तर बहिनी नदी रुपमा लिइन्छ । उत्तरबाहिनी नदीको पानीमा हात मुख धुदा मात्र पनि मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रहेको छ । ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटकहरू भ्रमण गर्न र प्रकृतिसँग रमाउन रानीमहल पुग्ने र कालीगण्डकी नदी पौडी खेलेर मनोरञ्जन लिन्छन् ।

यस क्षेत्रमा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकेमा रानीमहलका महत्व अझ बढ्ने स्थानीयबासिन्दा बताउछन् । तानसेन नगरपालिको रेखदेखमा रानीमहल सुम्पिएपछि पाल्पाका होटलव्यवसायीहरु खुसी छन् ।रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकहरु बर्सेनि बढेसँगै त्यस क्षेत्रमा होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन्, सडकको पहुँच विस्तारले रानीमहल पुग्न सहज हुन थालेसँग रानीमहलप्रति महत्व बढेको हो ।