दलित वडा सदस्यलाई दलित अधिकार

तानसेन

पाल्पा–दलित महिला केन्द्र नेपालको आयोजनामा पाल्पामा निर्वाचित दलित महिला वडा सदस्यका लागि असार ५ गतेदेखि ८ गते सम्म दलित अधिकार र न्याय र सवाल पहिचान तथा पैरवी विषयक तालिम सम्पन्न भएको छ ।

सो तालिममा पाल्पा जिल्ला तानसेन नगरपालिका र रिब्दीकोट गाउपालिकाका दलित वडा सदस्यहरुको सहभागीता रहेको थियो । सो तालिममा नेकपाका केन्द्रीय सदस्य पशुराम रम्तेल, दलित महिला केन्द्रका कृष्ण दर्नाल र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका कृष्ण दर्नाल तालिम सहजीकरण गर्नुभएको थियो ।

सो तालिममा जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालले जनताका आधारभुत समस्या समधानका लागि जनप्रतिनिधिको सक्रियता बढाउन तालिमको ठुलो भुमिका हुने बताउनुभयो । तालिम आपसी सिकाइ सञ्जाल क की अध्यक्ष वृद्धिसरा सुनारको अध्यक्षता र केन्द्रका कृष्ण दर्नालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत सञ्जालकी सचिव गीता कौशलले गर्नुभएको थियो ।

यसैबीच असारको ११ देखि १४ गतेसम्म पाल्पाको तानसेन सञ्चालित दलित अधिकार र न्याय र न्याय र सवाल पहिचान तथा पैरवी विषयक तालिम सम्पन्न भएको छ । सो तालिममा पाल्पाका रैनादेवी छहरा, पूर्वखोला, रम्भा, रामपुर नगरपालिकाका दलित वडा सदस्यहरुको सहभागीता रहेको थियो ।

तालिममा दलित महिला केन्द्रका कृष्ण दर्नाल र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पीत बहादुर नेपाली, कृष्ण नेपालीले सहजीकरण गर्नुभयो । काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली र दलित महिला केन्द्रका कार्यकारी निर्देशक तेजेन्द्र लामा, सिनियर अफिसर संचिता महर्जन समापन समारोहमा सहभागी हुनुभएको थियो ।