पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारमा, प्रेस युनियन चुप

तिनाउ

पाल्पा तानसेन नगरपालिकाले पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापनाका पाँच लाख बजेट छुटाएको छ ।

वामपन्थी नेता पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारमा काँग्रेस निकट पत्रकारको संगठन प्रेस युनियन चुप बसेको रहस्य बाहिर आएको छ । काँग्रेस निकटका पत्रकारहरुलाई विपी र पृष्षलाल नाम जोडर पुरस्कारकार रासी स्थापना गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासघसँग समन्वय गरी हरेक पाँच वर्षमा पुरस्कार वितरण गरिने भएको अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयोे । ठुलो रासीको पत्रकारिकता पुरस्कार स्थापनाले पत्रकारिकता क्षेत्रमा लाग्नेहरुलाई ठुलो प्रेरणा हुनेछ ।

हरेक पाँच वर्षमा वितरण गरिने पृष्पलाल स्मृति पत्रकारिकता पुरस्रकार तीन लाख प्रदान गरिने छ । चालु आर्थिक वर्ष २०७५।०७६ को नीजि बजेट तथा कार्यक्रम मार्फत पत्रकारहरुलाई पुरस्कार गर्ने व्यवस्था गरेको तानसेन नगरपालिकाले जनाएको हो ।  नेपाल पत्रकार महासँघ पाल्पाको कार्यालय तथा पूर्वाधार निर्माणका लागि दुई लाख बजेट विनियोजन गरेको कोषाध्यक्ष मिलन विकले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले चार चार महिनामा पत्रकार सम्वाद गर्ने तयारी रहेको छ ।