पहिरो नहटाउदा पैदल यात्रा, गाउँलेलाई सास्त्री

राष्ट्रिय

पाल्पा- वर्षाले रैनादेवी छहरा गाउपालिकाको सुन्दरेढुङ्गादेखि जुठापौवा सडकमा पहिरो खस्दा करिब महिनादेखि अवरुद्ध बनेपछि यातायात आवगमनमा हुन नसक्दा यात्रुले समस्या खेप्न बाध्य भएका छन् ।

पहिरोले सडक अबरुद्ध बनेपछि यस भेगका स्थानीयबासिन्दा पैदल हिड्न बाध्य भएका हुन । वर्षाका कारण सडकमा पहिलो खस्दा यस क्षेत्रमा स्थानीयबासिन्दाहरु गाउपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेन आउने समस्या झेल्न बाध्य बनेका छन् ।

जुवापौवादेखि नेपानेसम्म सडकमा ५÷७ स्थानमा पहिरो खस्दा यातायात सञ्चालन समस्या आएको स्थानीयबासिन्दा सोम बहादुर रायमाझीले जानकारी दिनुभयो । सुन्दरेढुङ्गादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक स्तरवृद्धि गरी बस सञ्चालनमा ल्याएपनि यसपालिका असार महिनादेखि नै यात्रुहरु नेपानेसम्म करिब दुई घण्टासम्म पैदल हिडेर यात्रा गर्नुपरेको छ ।

गतवर्ष असार साउन समेत जीप जुठापौवासम्म सञ्चालनमा रहेपनि यस वर्ष असार महिनादेखि नै पैदल हुनुपरेको, वृद्धि, महिला, बालबालिका र विरामीहरुलाई उपचारका लागि तानसेन लैजान समस्या सिर्जना भएको स्थानीयबासिन्दा बताउछन् । स्थानीयबासिन्दा भुवन रास्कोटीका अनुसार सडकमा पहिरो नहटाउँदा जुठापौवा र बल्ढेङगढी सत्यवतीका स्थानीयबासिन्दाहरु गाउपालिका र तानसेनतर्फ आउने नेपानेसम्म पैदल हिडेर पुग्नुपर्ने समस्या झेल्न बाध्य भएका हुन ।

वर्षातको समयमा विरामीहरु बोकेर नेपानेसम्म पु¥याउन निकै समस्या छ । “बाटोमा पहिरो हटाउन गाउपालिकाले वेवास्ता गरेको तीन वडाबासी समस्या भोगेका छन्,” रास्कोटी गुनासो छ । “जथाभावी सडक फराकिलो बनाउने निहुमा डोजरको प्रयोग हुँदा पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते रहेको छ,” सोम बहादुर रायमाझी भन्नुभयो,– “विरामीहरुलाई तानसेन, वृद्धि, महिला, गाउपालिका पुग्न कठिन भएको छ ।,” रैनादेवी छहरा गाउँपालिका–६ मा तीनहजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र नं ८ मा तीनहजार १६५ जनसङ्ख्या रहेको छ ।

सुन्दरेढुङ्गादेखि जुठापौवासम्मको सडक अवरुद्ध बनेपछि केही स्थानीयबासिन्दाहरु रुपन्देहीको सालझण्डी–बुटबल तानसेन हुदँै रैनादेवी छहरा गाउपालिका कार्यालयमा आउन बाध्य भएका छ ।

गाउपालिका अध्यक्ष रामबहादुर कार्कीले पहिरो हटाएर यातायात साधन सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो । भदौ अगाडि नै वर्षा रोकिने वित्तिकै सडकका पहिरा हटाएर गाउपालिकाभित्र सडकमा यातायातका साधन सञ्चालन हुने र स्थानीयबासिन्दाहरुलाई पैदल हिडनुपर्ने बाध्यता हट्ने कार्की बताउनुभयो । तस्विर फाइल –––