तानसेन नगरलाई नेपालको मुख्य पाँचौं पर्यटकीय गन्तव्य 

तानसेन

तानसेन-नगरपालिकालाई अगामी चार वर्षमा आन्तरिक पर्यटनको लागि नेपालको मुख्य पाँचौं गन्तव्य स्थल बनाउने लक्ष्यका साथ योजना अघि बढाएको छ ।
तानसेन नगरले आव २०७५।०७६ नीति, बजेट तथा कार्यक्रममा तानसेनलाई बाह्य पर्यटकका लागि मुख्य दश स्थानको सुचीमा पु¥याउने लक्ष्यका साथ योजना निर्माण अघि बढाएको हो ।

तानसेन नगरपालिकाले तेस्रो नगरसभाद्धारा आर्थिक वर्ष २०७५।०७६ पारित नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण लागि आयोजित पत्रकार सम्मेलनमा शाहीले शिक्षा, खेलकुद, मनोरञ्जन, स्वास्थ्य, धार्मिक क्षेत्रमा आधारित पर्यटन विकासको लागि साझेदारी अवधारणामा कम्तिमा ५ अबर लगानी भित्र्याउने लक्ष्य रहेको तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि चीनको कोरला नाका देखि नवलपुर जोडने राष्ट्रिय गौरवको कालगिण्डकी कोरीडोरको आयोजना तथा छेर्लुङ्ग–तानसेन खण्डलाई सिद्धार्थ रार्जमार्गमा जोडी तानसेन–सुनौली डेडिकेटड फास्ट ट्रयाक निर्माण गरी सञ्चालन गर्ने तानसेन नगरले २०७५।०७६ पारित नीति, बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

अगामी चार वर्षभित्रमा रिडी रानीघाट एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याउने, तानसेन–१० गुफाचौरमा मुलुककै ठूलो गणेशधामको रुपमा स्थापना गरी कम्तिमा वार्षिक १० हजार धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ आवमा काम अघि बढाउने गरी योजना निर्माण गरिएको हो ।

तानसेन नगरपालिकाले आव २०७५।०७६ मा नगरक्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय स्थल, तालतलैया र सीमसागर क्षेत्रको विकासको लागि गुरुयोजना तयारी गरी सोको आधारमा योजनाहरु कार्यान्वयन गरिनेछ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न प्रवद्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, रिडीको ऋषिकेश, रतनपाडे, साधनास्थल, लिपिनदेवी, भगवती मन्दिर, अमरनारायण मन्दिर, बंशगोपाल, कोकलदेवी, माण्डण्य आश्रम, गुफाचौर लगायतका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गरिने तानसेन नगरपालिकाको तेस्रो नगरसभाद्धारा पारित नीति, बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले आर्थिक वर्ष २०७५।०७६ का लागि तेसो नगरसभाद्धारा रु. ८० करोड १३ लाख १० हजार बजेट विनियोजन गरिएको बताउनुभयो । चालुतर्फ ४७ करोड ५९ लाख र पुजीगततर्फ ३२ करोड ५३ लाख बराबरको बजेट पारित गरिएको पौडेलले जानकारीदिनुभयो ।