पाल्पाका उद्यागी र व्यापारीलाई सुर्तिजन्य वस्तुको नियन्त्रण तथा मानव बेचविखन सम्बन्धी अभिमुखिकरण

राष्ट्रिय

पाल्पा-सुर्तिजन्य वस्तुको नियन्त्रण तथा मानव बेचविखन सम्बन्धी विषयक अभिमुखिकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा जिल्लाका व्यापारिहरुलाई सुर्तिजन्य वस्तुको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने उद्धेशयले अयोजना गरिएको कार्यक्रमो आयोजक पाल्पा व्यापर संघले जनाएको छ । कार्यक्रममा उद्योगी , व्यापारि , पत्रकार र सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले व्यापारी र उद्योगीलाई अति नै आवशयक विषयक सुर्तिजन्य वस्तुको नियन्त्रण तथा मानव बेचविखनको बारेमा दिएको जानकारि प्रभाकारि हुने बताउनु भयो । उहाले कार्यक्रममा सिकेका कुरालाई आफ्ना व्यवासायिक संघस्थामा कार्यान्वायनमा ल्याउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका सहजकर्ता जिल्ला प्रहरी कार्यालय पाल्पका प्रहरी सहायक निरिक्षक कमल भण्डारीले सुर्तिजन्य वस्तु र तथा माव बेचविखन गर्दा बनेका कसुरका बारेमा सहजीकरण गर्नुभएको थियो ।

यस्तै स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाका निर्देशक राम बहादुर राउतले सुर्तिजन्य पदार्थका असर , सामजमा पर्ने असर लगायतका बारेमा जानकारि गराउनु भएको थियो । कार्यक्रम पाल्पा व्यापार संघका अध्यक्ष चिरन्ञीवि पोखरेलको अध्यक्षता र स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्रका निर्देशक राम बहादुर राउतको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा पाल्पाका ४० जना उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो । उनीहरुले सुर्तिजन्य पदार्थको नियन्त्रण र मावन बेचविखन सम्बन्धी बनेका ऐनकानुन र नियमको बारेमा जनाकारि पाएको र सिकेका कुरालाई व्यबहारमा उर्ताने बताएका थिए ।