रैनादेवीले बजेटको पूर्व तयारीमा दलसँग छलफल

समाचार

पाल्पा–रैनादेवी छहरा गाउपालिकाको आयोजनामा गाउपालिका स्तरीय राजनैतिक दल तथा वृद्धिजीवीहरुका लागि आव २०७५।०७६ को बजेटको पूर्व तयारी छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रैनादेवी छहरा गाउपालिकालाई समृद्ध बनाउनेतर्फ सवै राजनैतिक दलको सहयोग आवश्यक रहेको गाउपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । गाउपालिकाको विकासका लागि सवै राजनैतिक दल एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

गाउपालिकालाई समृद्ध बनाउनका लागि कृषि तथा पशुपालन क्षेत्रलाई प्रोत्साहनको आवश्यक रहेको र राम्रो काम गर्ने युवाहरुलाई अनुदानको व्यवस्था गर्न खाँचो रहेको छ । गाउपालिकाले कृषि तथा पशुपालन क्षेत्रबाट गरीवी निवारणका गर्न सहयोग पुग्ने भएकोले त्यस्ता प्रकृतिका योजनालाई प्रमुख प्राथमिकरण गर्नुपर्ने सहभागीको भनाई थियो ।

ऐतिहासिक तथा धार्मिक, कृषि पर्यटकका लागि रैनादेवी छहरा नमुना बनाउन सकिने र केही होमस्टे समेत सञ्चालन गरी स्थानीय कला संकृतिको प्रचारप्रसार गरी आम्दानी गर्ने सम्भावना छ । हार्थोक छहरा, छहरा सुगुरेढुंगा, सालभन्डी सडकको बाह्रै महिना यातायातका साधन सञ्चालन गर्ने गरी सडकको स्तोन्ति गर्दा सडकको पहँुच रहने छ ।

गाउपालिकाले पुर्वाधारतर्फ खानेपानी, सिचाई र सडक, कृषितर्फ पशुपालन र तरकारी खेती, स्वास्थ्यतर्फ प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रमको प्रचारप्रसार, शिक्षातर्फ गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका प्रभावकारिकता बढाउनुपर्ने, सुचना प्रविधितर्फको प्रयोग स्थानीय सरकारले प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा स्थानीय राजनैतिक दलका नेताहरुले सुझाव दिनुभयो ।

रैनादेवी छहरा गाउपालिका वडा नम्वर ४ का वडा सचिव रविन्द्र रायमाझीको सञ्चालन, गाउपालिकाका प्रशासकीय अधिकृत ठानेश्वर पराजुलीले कार्यक्रममा सहभागीलाई स्वागत तथा कार्यक्रमको अवधारणामाथि प्रकाश पार्नुभयो । कार्यक्रममा नेकपा एमालेका राजेन्द्र पोखरेल, नेपाली काँग्रेस रुपमान्गत भटटराई, नेकपा माओवादीका एस कुमार गंरजा, राष्ट्रि«य जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी राप्रपा इन्द्र बहादुर रायमाझी, रैनादेवी छहरा गाउपालिका ४ का वडाध्यक्ष विष्णुप्रसाद पोखरेल, कार्यपालिका लक्ष्मण हिताङ्ग लगायतले समृद्ध रैनादेवीको सपना पुरा गर्न सवै एकजुट भई लाग्नुपर्ने बताउनुभयो ।