आधारभूत विद्यालय तहको लोक गीत प्रतियोगितामा भुमिशाला आधारभूत विद्यालय प्रथम

राष्ट्रिय

पाल्पा-तिनाउ गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तहको लोक गीत प्रतियोगिता दोभान मावि तिनाउ पाल्पागाउँपालिका २, दोभान सम्पन्न भएको छ ।

वडाध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा गोपाल केसीले सञ्चालनमा प्रतियोगिता चलेको थियो । कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष दमयन्ति थापाले बाल वालिकाको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

उहाँले यस्ता प्रकृतिका प्रतियोगिताले प्रतिस्पर्धाको माध्यमबाट आफ्नो ब्यक्तिगत क्षमताको विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

विशिष्ट अतिथि प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले विद्यालय नै सभ्य समाज निर्माण गर्ने पूर्वाधार हो भन्नुभयो।सो प्रतियोगितामा भुमिशाला आधारभूत विद्यालय प्रथम, मस्याम मावि दोश्रो, कालिका आधारभूत विद्यालय तेश्रो र तिलोत्तमा माविले सान्त्वना स्थान हासिल गरेको थियो । विजयी विद्यालयलाई क्रमशः ५०००, ४०००, ३००० र २००० सहित प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।