सिद्धबाबाको सडक अब बन्छ ः मन्त्री रघुवीर महासेठ

राष्ट्रिय

पाल्पा- भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले सिद्धार्थराजमार्गको पाल्पा–बुटबल सडक खण्ड अन्तरगत सिद्धबाबा जोखिमपूर्ण सडकको अवलोकन गर्नुभएको छ । सिद्धबाबा क्षेत्रको सडक अवालोकन गर्दै वर्तमान सरकार पहिलेको जस्तो सरकार नभएर स्थिर सरकार भएकोले बाटो निर्माण हुने मन्त्रीले महासेठले बताउनुभयो ।

उहाँले नयाँ आर्थिक वर्षदेखि सिद्धार्थराजमार्गको पाल्पा–बुटबल सडक खण्ड अन्तरगत सिद्धबाबा सडकको निर्माणको काम सुरु हुने बताउनुभएको छ । मन्त्री महासेठले सिद्धार्थ आजमार्ग अन्तगर्त पाल्पा बुटबल सडकखण्डको सिद्धबाबा नजिकको जोखिम सडक अवलोकन गर्दै सिद्धबाबा सडकको अध्ययन प्रतिवेदनका आधारमा काम अघि बढाइने बताउनुभयो ।

पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले सिद्धबाबाको जोखिमपूर्ण सडक कारण ठुलो मात्रामा मानवीय क्षति भएकोले प्रधानमन्त्री देखि अर्थमन्त्रीसँग सडक निर्माण बजेटका लागि लिखित अनुरोध गरेको बताउनुभयो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव, प्राविधिक टोलीले सिद्धबाबा क्षेत्रको अवलोकन गर्नुभयो । सिद्धबाबामा बाह्रै महिना ढुङ्गा सहितको पहिलो मानवीय क्षति हुदैँ आएको छ । पटक पटक पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु वर्षातको समयमा अलपत्र बन्न बाध्य बन्दै आएका छन् ।