पत्रकारको प्रश्न ः नढाँट नेता पार्टी एकता कहिले हुन्छ ? दुई हप्तामा हुन्छन् ः नेता पौडेल

तानसेन तिनाउ

पाल्पा-नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी एकता प्रक्रिया दुई हप्तामा हुने बताउनुभएको छ । उहाँले नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकता भई एक पार्टी हुने बताउनुभयो । उहाँले पदका कारण पार्टी एकता प्रक्रिया नरोकिने र पार्टी एकता विथोल्ने प्रयास सफल नहुने समेत बताउनुभयो । उहाँले एकता प्रक्रिया अज्ञानतामा चालेको नभई, योजना र लक्ष्यका साथ अघि बढाएकोले एकता प्रक्रिया नरोकिने बताउनुभयो ।

प्रेस चौतारी पाल्पा शाखाद्धारा आज आयोजित पत्रकार सम्मेलनमा एमाले नेता विष्णु पौडेलले दुई पार्टीको एकताले देशमा अस्थिरताको अन्त्य, विकास, शुशासनले सार्थकता पाउने बताउनुभयो । पार्टी एकता पछि भष्ट्रचारको अन्त्य, महिला हिंसा, बोक्सी प्रथा लगायतका वेथितिको अन्त्यका लागि ठूलो सहयोग हुने उहाँले बताउनुभयो । राष्ट्रिय राजनीतिक सर्वाधिक चर्चामा पार्टी एकता रहेकोले कसैले एकता प्रक्रिया रोक्ने प्रयास गरेपनि एकता नरोकिनेमा उहाँको दावी थियो । पत्रकारहरुले यसरी प्रश्न सोधिरहेका थिए ।