रानीमहलमा पूर्वमन्त्री सहितको टोली

राष्ट्रिय

पाल्पा–पूर्व अर्थमन्त्री विष्णु पौडेल सहितको टोली रानीमहल दरबारको अवलोकन गर्नुभएको छ ।नेकपा एमालेका उप महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य, सोम प्रसाद पाण्डेय, प्रदेश साँसद पुरन बज्रचार्य, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले रानीमहल दरबारको अवलोकन गर्नुभएको जानकारी प्राप्त भएको छ ।

पर्यटकको चहलपहल ः
तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ ।कालीगण्डकी नदीको भिरालो चट्टनमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीय स्थल हो । ऐतिकहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, पुरातात्विक, साँस्कृितक रुपमा अत्यन्त महत्वपुर्ण मानिएकोे ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । वर्षामा बिग्रिएका सडक मर्मत भई पूर्णरुपमा सडक सुचारु भएसंगै रानीमहल पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरु बढेका हुन् । पर्यटकको आवागमनमा बृद्धि भएसंगै रानीमहलमा चहलपहल बढेको हो ।

दैनिक ३ सय जनासम्म पर्यटकहरु ः
अहिले दैनिक ३ सय जनासम्म आन्तरिक पर्यटकहरु आउने गर्दछन् । बाह्य भन्दा आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी बसन्त कुँवर बताउछन् ।
अस्थायी प्रहरी विट रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीका अनुसार सडक सूचारु भएपछि शुक्रबार र शनिबार बढी मात्रामा स्कुले विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।

पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं. १९४९ मा सुरु गरी ५ वर्ष निर्माण कार्य पुरा भएको थियो । वि.स. १९५४ सालमा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरुको प्रमुख गन्तव्य रहेकोले पर्यटक ओइरो लाग्ने गर्दछ । तानसेनदेखि रानीमहलसम्म एउटामात्र जीप सञ्चालनमा रहेको छ । अन्य नीति तथा साना भ्यान, कार तथा स्कापिओ गाडीहरु ताजमहलसम्म पुग्न थालेपछि पर्यटक गत वर्ष भन्दा बढेको स्थानीयबासिन्दा सुरेश पाण्डेयले जानकारी दिनुभयो ।कालीगण्डकी नदी बिश्वमै बिरलै बहने उत्तर बहिनी नदी रुपमा लिइन्छ । उत्तरबाहिनी नदीको पानीमा हात मुख धुदा मात्र पनि मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रहेको छ ।

पर्यटकीय गन्तव्य
ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटकहरू भ्रमण गर्न र प्रकृतिसँग रमाउन रानीमहल पुग्ने र कालीगण्डकी नदी पौडी खेलेर मनोरञ्जन लिन समेत पर्यटकहरु सिपालु बनेका छन् । यस क्षेत्रमा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकेमा रानीमहलका महत्व अझ बढ्ने स्थानीयबासिन्दा बताउछन् । पर्यटक बढेपछि पाल्पाका होटल व्यवसायी समेत अहिले खुसी छन् ।