काँग्रेसको संसदीय दलको सचेतकमा क्षेत्री

तिनाउ समाचार
सेयर गर्नुहोस

बुटवल- नेपाली काँग्रेसको पाँच नम्बर प्रदेशको संसदीय दलको सचेतकमा निर्मला क्षेत्री मनोनयन हुनुभएको छ । काँग्रेस ५ नम्बर प्रदेशका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले सांसद क्षेत्रीलाई सचेतकमा मनोनयन गर्नुभएको हो । अर्घाखाँची निवासी क्षेत्रीले नेपाल महिला केन्द्रीय कार्य समिति, नेपाली काँग्रेस अर्घाखाँची जिल्ला कार्य समितिको सह सचिव तथा बिभिन्न समाजिक संघ संस्थामा बसेर लामो समयदेखिको अनुभव छ । ५ नम्बर प्रदेशमा नेपाली काँग्रेसमा १९ जना सभासद रहेका छन् । मनोनयन गरेको पत्रको बोधार्थ नेपाली काग्रेस केन्द्रीय कार्यलय र ५ नम्बर प्रदेश सभालाई दिएको छ ।