लुम्बिनीमा अन्तरराष्ट्रिय शान्ति केन्द्र बन्दै

तानसेन

बुटवल-लुम्बिनीमा अन्र्तराष्ट्रिय शान्ति केन्द्र निर्माण हुने भएको छ । बुद्ध जयन्तीको अवशरमा युनिभर्सल पीस केन्द्रको शिलान्यासको हुने भएको हो ।
२ बर्ष अगाडि जग्गा प्राप्ती गरेको द महासिद्ध स्यांचुरी फर युनिर्भर्सल पीस केन्द्रको भवनको आइतबार शिलान्यास हुने कार्यक्रम छ । सो भवन निर्माणको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अवलोकन गर्ने बताइएको छ ।

कमलको फुल आकारमा सेतो रंगमा बन्ने भवन निर्माणको मुख्य उद्देश्यक शान्तिको सन्देश फैलाउनु हो । शुक्रबार रिर्पोट्स क्वल ५ नम्बर प्रदेश कार्यलयमा आयोजित पत्रकार सम्मेलन गरि भवन शिलान्यासको सम्पुर्ण तयारी पुरा भएको परिकल्पनाकार श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।करोडौं लागतमा बन्ने भवनको लागत संकलन चन्दाबाट गरिने बताएको छ । पीस पार्कमा बिभिन्न आर्कषण ध्यान केन्द्र बनाउने योजना रहेको छ ।
जसमा साल बृक्ष मुनी माया देखीको कोखवाट जन्मदै गर्नु भएको भगबान गौतमबुद्धको बिशाल र शुन्दर मुति राखीने छ ।

चारबाट प्रवेसदारबाट प्रवेश गर्नेलाई ब्यात प्राकृतिक प्रशाक अनि यसमा विद्यामान बास्तुसंरचनाल र मुक्तिकलाले अलौकिक परिबेश सृजाना गर्ने श्याल्पा तेन्जिन रिन्पोचेकोले जानकारी दिनु भयो । भगबान बुद्धको २५६२ औ जन्मजयन्तीको अशवरमा भवन शिलान्यास गर्न पाउदाँ आफुहरु निकै खुसी भएको बताउनु भयो । यस्तै सुनौलो गजुर,द युनिभर्सल पीस लाईब्रेररी, द पी म्युजियम शान्ति सँग्रालय, च्यारिटेवल एक्टिभिटिज, रहने पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।