बुढानिलकण्ठका विद्यार्थीद्धारा ठिमुरेका विद्यार्थीलाई झोला सहित अन्य सामाग्री वितरण

तानसेन राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा- काठमाण्डौंस्थित बुढानिलकण्ठ विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले रिब्दीकोट गाउपालिका ६ ठिमुरेस्थित दुर्गा भवानी आधारभुत विद्यालयका २ सय २० जना विद्यार्थीलाई झोला वितरण गरेका छन् । बुढानिलकण्ठ विद्यालयमा कक्षा ११ मा अध्ययनरत १२ जना विद्यार्थीहरुको पहलमा विद्यालयका २ सय २० जना विद्यार्थीलाई किताब बोक्नका लागि झोला, विद्यालय पोशाक, खेल साम्रागीहरु भलिबल, कापी, हेण्ड बास लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रमका मुख्य पाहुना गाउपालिका अध्यक्षका नारायण बहादुर जीसीले गरीब तथा दुर्गम बस्तीमा बसोबास गर्ने छात्र छात्रालाई सहयोग गर्नु निकै राम्रो काम भएकोले बुढानिलकण्ठ विद्यालयका विद्यार्थीलाई धन्यवाद दिनुभयो । नेपाली विद्यार्थीहरु नेपालकै दुर्गम बस्तीका विद्यार्थीलाई सहयोग गर्नु आफैमा राम्रा काम हो ।

बुढानिलकण्ठ विद्यालयमा कक्षा ११ मा अध्ययनरत बीमर्श कालीकोटको अगुवाईमा समर्पण रेग्मी, विक्रम केसी, रचित रिजाल, समीप खुलाल, प्रसिद्ध कोइराला, असीम दाहाल, सम्वत सेन ओली, मिर्दुन केसी, स्कन घिमिरे, समीर रायमाझी, रोहित खड्का सहभागी हुनुहुन्छ । ई–सेवाद्धारा २२० ओटा झोलाको प्रायोजन, विद्यालय पोशाक, खेल साम्रागीहरु भलिबल, कापी, हेण्ड बास लगायतका सामानको प्रायोजन महावीर इन्टरनेसनल, जीएजी सर्भिस, तेज बहादुर पौडेलले गर्नुभएको हो ।

विद्यालयका प्रअ सान्त बहादुर जीसी, वडाध्यक्ष तुलबहादुर जिसी तथा शिक्षक जनक जिसी, समाजसेवी सम्भर जिसीको समन्वयमा विद्यार्थीहरुलाई आवश्यक सामाग्री वितरण गर्ने अवसर मिलेकोले विद्यालय परिवारले सवैलाई धन्यवाद दिएको छ । ठिमुरेस्थित दुर्गा भवानी आधारभुत विद्यालयमा आवश्यक सामाग्री पाएपछि विद्यार्थीहरु खुसी बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर उचैले बताउनुभयो । यस विद्यालयमा आर्थिक विपन्न समुदायका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।
–––