बसले मोटरसाईकललाई ठक्कर दिँदा २ घाईते

राष्ट्रिय

विजयकुमार बौडेल
पाल्पा–तानसेनमा बसले मोटरसाईकललाई ठक्कर दिँदा आज जना घाईते भएका छन् ।सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्डको तानसेन नगरपालिका ७ लामीडाँडामा प्रभाष देखि तानसेन आउदै गरेको लु ११ प ५३१२ नम्वर मोटरसाईकललाई पोखरादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ८२५५ नम्वरको बसले ठक्कर दिँदा २ जना घाईते भएका हुन् । तानसेन १ का ३६ बर्षिय मोटरसाईकल चालक सुमन कार्की र तानसेन १४ अर्गलीका ३० बर्षिय पदम गैरे घाईते भएका हुन् ।घाइतेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार गरिरहेको प्रहरी चौकी प्रभाषले जनाएको छ ।