पाल्पा २८ कार्तिक
अन्य दलका घोषणापत्र, जनतालाई छारो हाल्ने घोषणापत्र भएपनि एमालेको घोषणापत्र ग्यारेन्टीको घोषणापत्र रहेको नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले बताउनुभएको छ ।
उम्मेदवार आचार्यले एमालेले २० वटा कार्यक्रम ५ बर्षभित्र पुरा गर्ने ग्यारेन्टी गरेकोले ढुक्क भएर सूर्यमा मतदान गर्न एमाले उम्मेदवार आचार्यले आग्रह गर्नुभयो । सबैका घरघरमा बिजुली, पानी र संचार, निरोगी नेपाल, सबै वडा टोल टोलमा सडक पुर्वाधार, सवै पालिकाका १५ बेडको अस्पताल निर्माणमा एमालेले ग्यारेन्टी गरेको उम्मेदवार आचार्यले बताउनुभयो ।
उम्मेदवार आचार्यले सबै पालिका पहुँचमार्ग निर्माणलाई तिव्रता दिने बताउनुभएको छ । पूर्वखोला गाउँपालका वडा नं. ५ विरकोट क्षेत्रका मतदाता भेटघाट तथा भेलामा एमाले उम्मेदवार आचार्यले जनताको खानेपानी समस्या समाधानका लागि एकघर एकधारा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । अधिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन क्षेत्रलाई आधार बनाएर सडकस्तरोन्नति,कृषि,स्वास्थ्य , शिक्षा र अधिकाशं खोलाहरुमा पुलहरु निमार्ण गरेको एमाले उम्मेदवार आचार्यले बताउनुभयो । आर्चायले आगामी समयमा कालीगण्डकी करिडोर निर्माण सम्पन गर्न पहल गर्ने आर्यभन्ज्याङ रामपुर द्रुत मार्गको निर्माण कार्यका लागि काम सुरु गराउने बताउनुभयो ।
जनताको सुविधाका लागि अहोरत्र खट्ने विकास प्रेमि नेता आचार्यले नेकपा एमाले पाल्पाको अध्यक्ष रहदाँ सिद्धबाबा सुरुङमार्ग बनाउन पहिलो प्रस्ताव राख्ने कामको नेतृत्व समेत गर्नुभएको थियो । उम्मेदवार आचार्यलेसत्तामोहमा भूलेको गठबन्धन सरकारले स्वास्थ्य बिमा कार्यक्रमबाट जनतालाईसास्ती दिएकोले समस्या समाधानका लागि सूर्य चिन्हमा मतदान गरि एमालेलाई जिताउनुपर्ने बताउनुभयो । विरकोटमा विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध गराउने गरी १५ शैयाको अस्पताल निर्माणको काम भइरहेकोबताउनुभयो ।
आचार्यलले पर्यटकीय क्षेत्रको विकास, युवास्वरोजगार ,कृषिमा आत्मनिर्भरता र उत्पादनलाई बजारीकरणको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।