पाल्पा १४ कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नं। १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिका कृषि तथा पशुपालनको आधुनिकीकरणका लागि आफू लागिपर्ने बताउनुभएको छ । निस्दी गाउँपालिका वडा नं।६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले दालचिनी, अम्रिसो तथा गेडागुडीको पकेट क्षेत्रको रुपमा अर्चले क्षेत्र लाई विकास गर्ने बताउनुभयो ।
एमाले उम्मेदवार आचार्यले निस्दीमा सहज यातायात सुविधा, सूचना तथा सञ्चारमा हरेक नागरिकको पहुँच, उज्यालो निस्दी लगायतका जनताको दैनिकीसँग जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गर्ने बताउनुभयो । पाल्पा १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठले “रामपुर निस्दी हुँदै
गैडाकोट सडकको स्तरोन्नती, सबै ठाउँमा नेपाल टेलिकमको टावर सुविधा र इन्टरनेट सहजता, घरघरमा केन्द्रीय प्रसारणको बिजुली जडानको काममा आफु निरन्तर लागिपरेकोे बताउनु भयो ।
पाल्पा १(२) का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ । प्रदेश सभा सदस्य सारुले फोक्सिङकोट लाई व्यवसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागी पहल गर्ने बताउनु भएको छ । पाल्पा क्षेत्र नं। २ का प्रतिनिधी सभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य उम्मेदवार ओम बहादुर घर्तिमगर पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं। ६ जुठापौवामा घरदैलो तथा भेटघाटमा पुग्नु भएको छ । एमाले उम्मेदवार गैरेले आफू यस क्षेत्रका नागरिकहरुका समस्याहरु प्रति पहिल्यैदेखि जानकार रहेको र पहिलो पटक मत माग्दै आएको बताउँनुहुँदै जनताले विश्वास गरि मत दिई आफूलाई सेवा गर्ने मौका दिने विश्वास व्यक्त गर्नुभयो । जुठापौवा क्षेत्रमा संचारको अवस्था दयनिय रहेकोले सबै क्षेत्रमा नेपाल टेलकम, ऐनसेल जस्ता मोवाईल नेटवर्कले टिप्ने गरी ठाउँ ठाउँमा मोवाईल टावर निर्माणमा प्राथमिकता दिएर काम गर्ने एमाले उम्मेदवार गैरे जनता समक्ष प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सभा सदस्य उम्मेदवार घर्तीले जुठापौवाका हरेक वडाहरुमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउने, यहाँका नागरिकलाई सहज स्वास्थ्य उपलब्ध गराउनेमा आफू कस्एिर लाग्ने बताउनुभयो ।
पाल्पा २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराई पनि निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरिरहनुभएको छ ।