पाल्पा । ९, असोज
रैनादेवी छहरा ३ भुवनपोखरीमा आर्युेवेद क्लिनकको सुरुवात भएको छ । यहाँका नागरिकहरुलाई आर्युेवेद सेवाको सहज पँहुच पुरयाउन गाउँघर क्लिनिक सुरुवात गरिएको हो । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँघर क्लिनिकको उद्घाटन गर्दै, नागरिकहरुलाई सहजै आर्युेवेद सेवा उपलब्ध गराउन गाउँघर क्लिनिकको सुरुवात गरिएको बताउनुभयो । अध्यक्ष भट्टराईले गाउँपालिकाले स्वास्थ्य सेवालाई महत्वका साथ राखेको उल्लेख गर्दै स्वास्थ्यसेवाको पँहुचबाट नजिक गराउन क्लिनिकले सहयोग पुग्ने बताउनुभयो । छहरा आयुर्वेद औषधालयको मातहतमा महिनाको ७ र २२ गते क्लिनिक संचालन हुनेछ । छहरा आर्युेवेद औषधालयका प्रमुख पङ्कज रायमाझीले हरेक क्लिनिकबाट सेवा तथा औषधि निशुल्क प्रदान गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रम ३ नं वडाध्यक्ष प्रदीप पौडेल को अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको विशिष्ट आतिथ्यतामा भएको थियो ।