पाल्पा । २ असोज ।
परिवार नियोजन भन्दा परिवार व्यवस्थापन जरुरी रहेको तानसेनमा आयोजित एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा तानसेनमा आयोजित अन्र्तक्रिया कार्यक्रममा परिवार नियोजनलाई परिमार्जन गरी परिवार व्यवस्थापन गर्नुपर्ने उनीहरुले वताएका छन् । स्वास्थ्य कार्यालय तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पाको सम्युक्त आयोजनामा भएको कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जनसंख्या घटाउनु मात्र नभई निसन्तानहरुको लागि सन्तान बृद्धी गर्नु समेत परिवार व्वयवस्थापन भएको उल्लेख गर्नुभयो ।

प्रमुख खनालले नेपाली कानुन र समाज व्यवहारिक रुपले नमिलेको उल्लेख गर्दै, विगतका कानुनमा रहेका त्रुटीहरु सच्याउदै जानुपर्ने बताउनुभयो । अहिलेको खानपान, हावापानी र रहनसहन अनुसार समाज परिवर्तन हुदै गएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले परिवार नियोजन संघले सन्तान घटाउने मात्र नभई, निसन्तानहरुको उपचारको काम गरेको उल्लेख गर्नुभयो । केन्द्रमा टेस्टट्युव वेवी र हर्मोनल किल्नीक संचालन गरिएको उल्लेख गर्दै, न्यौपानेले परिवारलाई व्यवस्थित गर्दै, अनिश्चित गर्भधारणलाई कम गर्ने काम गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी जर्नाधन अधिकारी, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपाने, फोकल पर्सन टिकाराम अधिकारी, परिवार नियोजनसंघका सल्लाहकार चित्रवलीराम सुवाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले पाल्पामा जनसंख्या घट्दोदरमा रहेको उल्लेख गर्दै, वहुविवाह, वालविवाह जस्ता जघन्य अपराधहरु नियन्त्रण नभएसम्म परिवार योजना निर्माण नहुने उल्लेख गर्नुभयो । कमल बस्यालको संचालनमा भएको कार्यक्रमको अध्यक्षता परिवार नियोजन संघ पाल्पाका उपाध्यक्ष ज्योतीराज भण्डारीले गर्नुभएको थियो ।