पाल्पा १९ भदौ
नेकपा एमाले पाल्पाले २ नं। निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । सिफारिस भएको नाम जिल्ला कमिटीको बैठकमा पेश गरिने छ । बगनासकाली ८ मा जन्मनुभएका नेता गैरे, विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो । नेता गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै अहिले नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज रहेर राजनीतिमा क्रियाशील हुनुहुन्छ । विद्यार्थी राजनीति देखी नै नेता गैरे सक्रिय, जुझारु र राष्ट्रप्रेमी हुनुहुन्थ्यो ।

गैरेको उमेदवारी सिफारिसले कार्यकर्ता उत्साहित
नेकपा एमालेले क्षेत्र नं. २ मा सर्वसम्मत ठाकुर गैरेलाई प्रतिनिधिसभामा सिफारिस गर्ने निर्णय गरेसंगै कार्यकर्ता उत्साहित भएका छन् । गएको निर्वाचनमै नेता गैरेले टिकट पाउने अपेक्षा गरेका कार्यकर्ता निराश बन्नुपरेको थियो । यस पटकको एकल उमेदवारी सिफारिसले कार्यकर्ता उत्साहित भएको तानसेन नगरकमिटीका अध्यक्ष गुँरास आत्रेयसले बताउनु भयो । पाल्पा क्षेत्र नं. २ मा लामो समयदेखी तत्कालिन नेकपा एमालेकै सोम प्रसाद पाण्डेयले चुनावमा प्रतिष्प्रर्धा गर्दै आउनुभएको थियो । पाण्डेय पछिल्लो समय नेकपा समाजवादीमा प्रवेश गरेपछी, ठाकुर गैरेको सम्भावना वढेर गएको हो ।