पाल्पा,१८ भदौं ।
डिभिजन वन कार्यालय पाल्पामा श्री वनदेवी कालिका मन्दिरको उद्घाटन गरिएको छ । जोखिमयुक्त वन क्षेत्रको काममा खटिनुपर्ने कर्मचारीको रक्षाको लागि दुर्गा देवीको मुर्ति सहितको दुई तले मान्दिरको निर्माण गरिएको हो ।
मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाल्पा आउनु भएका लुम्बिनी प्रदेशका वन तथा वातावारण मन्त्री सुरेन्द्र हमालले मन्दिरको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रम पछि बोल्दै मन्त्री हमालले वन र वन्यजन्तुको सुरक्षार्थ कार्य क्षेत्रमा खटिने कर्मचारीहरु प्रति वन देवीको आशिक बढाउन मन्दिरको निर्माणले ठुलो टेवा पुग्ने बताउनुभयो । यस्ता धार्मीक सामाजिक कामको आफ्नो घर परिवार र कार्यालयबाट आगाडी बढाउन सके मात्र शुद्ध समाजको रुपमा एकले अर्कोलाई सहयोग गर्ने समाजको निर्माण हुने बताउनुभयो ।
अहिलेको समाजमा मान्छेले मान्छेलाई चिन्न बिर्सेको भन्दै समाजले समाजलाई प्रेम बाढ्ने अवस्थाको अन्तय भएको बखत माया र प्रेम बढ्ने कामको थालनी डिभिजन वन कार्यालय पाल्पाले सुरुवात गरेको मन्त्री हमालले बताउनुभयो ।


डिभिजन वन कार्यालय पाल्पाका कर्मचारीको स्वस्फुर्त ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिएको वन कार्यालय पाल्पाका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो । कार्यालयका वर्तमान देखि पूर्व कर्मचारीको पहलमा आकर्षक दुर्गा देवीको मुर्ति सहितको दुई तले मन्दिर र गाईमुखे पानि धारो समेत निर्माण गरिएको डिभिजनल प्रमुख ज्ञवालीले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मन्दिर निर्माण समितिका पदाधीकारी,सहयोगी कर्मचारी दाता र कार्यक्रमका पाहुँनाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो
कार्यक्रममा मन्त्रालयका सचिव उद्धब बहादुर घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक बहादुर शाही,डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटा लगायतको सहभागिता रहेको थियो ।