विष्णु घिमिरे
पाल्पा, १२ भाद्र
स्थानीय तहको निर्वाचनको एक सय दिन पुरा भएको छ । गत बैषाख ३० मा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको सय दिन पुरा गरेका छन् ।
कार्यकालको सय दिन पुरा गरेको सन्र्दभमा तानसेन नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सय दिने कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेको छ । तानसेन नगरपालिकामा आयोजित पत्रकार भेटघाटमा नगरप्रमुख शन्तोषलाल श्रेष्ठले यो अवधीमा तानसेनमा न्यूनतम २० युनिट विद्युत खपत गर्नेहरुलाई नगरपालिकाले निशुल्क व्यवस्था गर्ने, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक ५ सय भत्ता उपलब्ध गराउने, पछाडी परेको समुदाय, अल्पसंख्यक, दलित र ६० वर्ष माथीका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा नगरपालिकाबाट भुक्तानी गर्ने, छोरी शिक्षा कार्यक्रमको निरन्तरता, नगरको वजेट वडागत हिसावले विनियोजन गरिएको र वडा कार्यालयलाई थप वजेट र जवाफदेही बनाईको उल्लेख गर्नुभयो । मेयर श्रेष्ठले तानसेनलाई स्वास्थ्य शिक्षा र पर्यटनको साथै कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन विभिन्न संघसस्थाहरुको सहयोगमा कार्यक्रमहरु संचालन गरिएको जानकारी दिनुभयो । ‘तानसेन कोर वजार भन्दा ग्रामिण वडाहरु धेरै भएको नगरपालिका भएकोले हामीले कृषि र पशुपालनलाई महत्वका साथ अगाडी बढाएका छौं,’ प्रमुख श्रेष्ठले भन्नुभयो ।


समपुरक कार्यक्रम अन्र्तगत अमरनारायण मन्दिरको जिर्णोदार, जैसीचौपारी–कारागार सडक स्तोरन्नती, नगरपालिकाको मूल भवनको चमेना गृह, बौघागुम्हा–छेर्लुङ्ग जाने मोटरबाटोको पक्कि बाटोको कामको लागि वोलपत्र आह्वान गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
साथै तानसेन नगरपालिकाको राजश्व वृद्धिका लागि नयाँ कामहरु सुरु गरिएको मेयर श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठले चालु आर्थिक वर्षमा १० करोड वढी राजश्व संकलन गर्ने महत्वाकांक्षी कार्यक्रम ल्याएको पनि उल्लेख गर्नुभयो । तानसेन नगरपालिकाको सेवालाई जनमुखी बनाउन कर्मचारी पूर्नसंरचना गरिएको जानकारी दिनुभयो । सबै वडाहरुमा प्राविधिक, प्रशासनिक र अन्य कर्मचारीहरुको व्यवस्थापन गरिएको उहाँको भनाई छ । तानसेनमा रहेका छाडा पशुचौपायाहरुको व्यवस्थापन, बसाँईसराई रोक्नका लागि घर तथा बाटो निर्माण सम्बन्धी मापदण्डहरु बनाइएको छ ।
पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा वोल्दै मेयर श्रेष्ठले आफु लोभ, लालच र प्रलोबनमा नपरी काम गर्ने जिकिर गर्नुभयो, श्रेष्ठले तानसेनमा खानेपानीको साथै नयाँ वजार व्यवस्थापनको तयारी भईरहेको वताउनुभयो ।