पाल्पामा स्थायी बसोबास भएर नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिबेशनमा केन्द्रिय पदाधिकारीमा निर्वाचित पाल्पाली पत्रकारलाई नेपाल प्रेस युनियन पाल्पाले सम्मान गरेको छ । मंगलबार एक समारोहका बीच केन्द्रिय उपाध्यक्ष  (बागमती प्रदेश) जीवन भण्डारी, केन्द्रिय उपाध्यक्ष (लुम्बिनी प्रदेश) माधब प्रसाद अर्याल तथा केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश)  सुशिला रेग्मीलाई सम्मान गरेको हो ।

सम्मानित तीनै जनालाई लुम्बिनी प्रदेश सरकारका उर्जा,जलश्रोत तथा सिचाई मन्त्री बीर बहादुर रानाले फूल,टिका,खादा तथा सम्मान पत्रले सम्मान गर्नुभएको हो । कार्यक्रका प्रमुख अतिथी समेत समेत रहुनुभएका रानाले पाल्पाले तीन जना केन्द्रिय पदाधिकारी पाउदा आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले आफु सधै पत्रकारको साथमा रहने बताउदै निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रमा नेपाल प्रेस युनियनका सल्लाहाकार जगदीश भट्टराई, युनियनका संस्थापक सभापती झपेन्द्र गहिरे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सम्मानित हुनेको तर्फबाट धारणा राख्दै केन्द्रिय उपाध्यक्ष जीवन भण्डारीले पाल्पामा आफुले पत्रकारीको सुरुवात गरेको स्मरण गर्नुभयो । यहाँले पाल्पा आउदा आमाको काखमा आएको अनुभूती हुने गरेको बताउनुभयो । त्यस्तै केन्द्रिय उपाध्यक्ष माधब प्रसाद अर्यालले आफुलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नुभयो । उपाध्यक्ष अर्यालले जीत हार भन्दा पनि प्रजातान्त्रिक पद्धतीको जीत भएको बताउनुभयो । केन्द्रिय सदस्य सुशिला रेग्मीले आफुलाई निर्बिरोध केन्द्रिय सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
कार्याक्रम नेपाल प्रेस युनियनका सभापती भरत शर्माको अध्यक्षता उपसभापती पुस्करराज रेग्मीको स्वागत तथा सचिब रामचन्द्र रायमाझीको संचालनमा सम्पन्न भएको हो ।