पाल्पा । १४ साउन
माथागढी गाउपालिका वार्ड नं।२ रुप्सेमा केम्बुघाँसको विरुवा वितरण गरिएको छ । माथागढी गाउपालिका वार्ड नं।२ रुप्सेमा केम्बुघाँसको विरुवा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाले घाँस बिकास कार्यक्रम अन्र्तगत केम्बुको विरुवा मूल समूह र उपहार समूहका ७० जना सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी घाँसको विरुवा वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउपालिकाका कार्यपालिका सदस्य मंगली कुमालले घाँसको विरुवा वितरण गर्दै माथागढीलाई घाँसको पकेट एरियाको रुपमा विकसित गरी पशु चौपाएलाई बाह्रै महिना पोसिलो र हरियो घाँस खुवाउन यस्तो कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । उहाँले घास विकास कार्यक्रमले किसानहरुलाई आयआर्जनमा बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा करिव २ रोपनी जग्गामा केम्बुको नर्सरी समूहका दिदीबहीनीहरुले सामूहिक नर्सरी गरी घाँस उत्पादन गरेको समुदायिक सहजकर्ता शान्ति पौडेलले जानकारी दिनु भयो । माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा बेस नेपालको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो ।