पाल्पा । १४ साउन
नेकपा (एकिकृत समाजबादी) जिल्ला कमिटि पाल्पा बिस्तारित बैठक तथा प्रशिक्षण शनिबार तानसेनमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज , नेकपा(एस) केन्द्रिय सचीव भागवत बिश्वासीले समसामयिक राजनीति , बर्तमान अवस्था र पार्टी नेता तथा कार्यकर्ताको कार्यभारका विषयमा चर्चा गर्दै अनुशासित नेता र कार्यकर्ताको बलले मात्र पार्टी चलाएमान हुने बताउनु भयो ।


नेकपा एस लुम्बिनी प्रदेश कमिटि अध्यक्ष तथा पोलिट्ब्युरो सदस्य सोम प्रसाद पाण्डेले आगामी निर्बाचन र सो को तयारीका बारेमा चर्चा गर्नु भयो। केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरे, रमा घर्ती, यादव ब। रायमाझी लगायतका नेताहरूको प्रशिक्षणात्मक मन्तब्य रहेको सो कार्यक्रमको अध्यक्षता ( नेकपा एस जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को अध्यक्षता र सञ्चालन सचिव मोहन गैरे र स्वागत उपसचिव कमल सेनले गर्नु भएको थियो ।
बैठकले प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन , जिल्लाको राजनैतिक शक्ति सन्तुलन , पार्टी बिस्तार , जनबर्गीय संगठन , मोर्चा सङ्गठन सुदृढीकरण र प्रशिक्षण सहितको ३ महिने अभियानका बारेमा छलफल गरी तयारी सहितको योजना बनाएको छ । कार्यक्रममा साबिक नेकपा एमाले जिल्ला कमिटी सदस्य सर्बजीत बिक, क्रान्तिकारी माओबादीका अर्जुन परियार र माधव गिरि नेकपा एसमा समहित हुनु भएकोमा माल्यार्पण सहित स्वागत गरिएको थियो ।