पाल्पा । गुल्मीबाट बुटवल तर्फ हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा पाल्पामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

मृतकहरुमा ३ जना महिला ३ जना पुरुष रहेका छन्। उनीहरुको पहिचान हुन सकेको छैन। घाइतेहरुको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते भर्ना भएको अस्पतालका प्रशासकीय अधिकृत जीवन प्रसाद भट्टराईले बताउनुभयो ।

अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ। बस सडकको डिल भासिएर दुर्घटना भएको बताइएको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य सकिएको घटनास्थलमा सहभागी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो ।