विष्णु घिमिरे । २९ असार ।
लामो समयदेखी अन्योलको विषय बनेको होला∙दी बसपार्कको सडकको चौडाई दाँया ४.५ र वाँया ४.५ मिटर कायम गर्ने निर्णय भएको छ । तानसेन नगरकार्यपालिकाको सातौ वैठकले लामो समयदेखी अन्यौल र विवादित बन्दै आएको उक्त सडकको चौडाई कायम गर्ने निर्णय गरेको हो ।
सातौ कार्यपालिका वैठकको निर्णय सार्वजनिक गर्दै प्रवत्ता यादव सिं कार्कीले तानसेन नगरसरकारले उक्त सडकलाई शहरी मार्गको रुपमा स्थापित गर्न लागिएको जानकारी दिनुभयो । कार्कीका अनुसार हालको सडकको चौडाईमा अव दाँया र वाँया गरेर कुल १ मिटर मात्रै चौडा गरिने छ ।
त्यस्तै तानसेन नगरकार्यपालिकाले सातौ वैठकबाट १३ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । यस अगाडी फोहरमैला व्यवस्थापनमा नीजि साझेदारी गरेको नगरपालिकाले उक्त सम्झौता पुनरावलोकन गर्ने जनाएको छ । वातावरणिय सुन्दर नेपालसंगको सम्झौता तानसेन नगरपालिकाको हितमा नरहेको उल्लेख गरिएको छ । जवकी यस अगाडीको तानसेन नगरसरकारले धेरै क्षेत्रबाट विरोध हुँदाहुदै पनि १० वर्षका लागि सम्झौता गरेको थियो । त्यसैगरी तानसेनका महत्वपूर्ण पर्यटकीयस्थलहरु रानीमहल, श्रीनगर र नारायणस्थानमा नगरपालिकाकै कर्मचारी खटाउने, करारका कर्मचारीहरुको कार्यसम्पादन मूल्या‚न गर्ने, सबै वडा कार्यालयहरुमा कर्मचारी फूलफिल गर्ने निर्णय समेत गरिएको प्रवत्ता कार्कीले जानकारी दिनुभयो ।
यस्तै तानसेन वजार भित्र अव्यवस्थित हुँदै आएको पार्कि∙ समस्या समाधानका लागि २५ लाख विनियोजन गरी विभिन्न स्थानहरुमा पार्कि∙ व्यवस्थापन मिलाउने समेत निर्णय भएको छ । वर्षात तथा अन्य दैवी प्रकोपका कारण वडाहरुमा जाने बाटो पहिरो गएकोमा वडाले नै तत्काल बाटो खुलाउने व्यवस्था गर्ने प्रवत्ता कार्कीले जानकारी दिनुभयो । कार्कीले भन्नुभयो, वर्षातमा पहिरो गएका बाटाहरु खुलाउन र सफा गर्न अव दशैं कुर्नुपर्दैन ।
त्यसैगरी तानसेन नगरपालिकामा प्रशासनिक खर्च बढी भएको गुनासो आएकोले खर्च कटौती गर्न अनुगमन समिति वनाईने, १४ वटा वडाहरुलाई २ क्लस्टरमा विभाजित गरी वडा नं. ७ र ११ बाट प्राविधिकहरुलाई काम गर्ने वातावरण वनाउने समेत निर्णय भएको छ ।