पाल्पा । १० असार ।
सुनिल कार्की
रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पूर्वाधार विकास संगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एघारौं नगर सभा प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको छ । आज नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरुलाई नगरपालिका भित्र स्नातक र स्नातकोत्तर तह सम्म अध्ययनको लागि निशुल्क भर्नाको व्यवस्थन गरिने बताउनुभयो । २०७६ श्रावण पछि जन्म भएका सबै छोरीहरुलाई नगरका सामुदायिक विद्यालय र क्याम्पसमा निशुल्क शिक्षा उपलब्ध गराउने, सामुदायिक विद्यालयका बालविकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीको न्यूनतम तलब १५ हजार प्रदान गरिने घोषणा गर्नुभयो । साथै नगरपालिकाले उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्राविधिक तथा चिकित्सक शिक्षा पढ्न चाहेमा २५ प्रतिशत शुल्क नगरपालिकाले बेहोर्ने जनाएको छ ।

नगरपालिकाले ५० लाख भन्दा माथिका योजना आईईई र ईआईए गरेर मात्र कार्यान्वयन गर्ने, कालीगण्डकी र खोला नाला प्रदुषण बाट जोगाउन ढल विनाको शहर कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक रंग रोगन प्रयोग गर्ने नीति अवलम्बन गर्ने, सेवा प्रवाहलाई सहज गराउन नगरपालिका कार्यालयमा हेल्प डेक्स बनाई फोटोकपी तथा टेलिफोन सेवा उपलब्ध गराउने, मेयर संग दिर्घरोगी र जेष्ठ नागरिक स्वस्थ्य उपचार कार्यक्रम मार्फत सुगर, प्रेसर, दम र मसटु रोगीलाई निशुल्क औषधी प्रदान गर्ने, सुत्केरी पोषण स्याहार भत्ता ५ सय थप गर्ने, एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी बढाउने जनाएको छ ।

रामपुर ५ को रामघाट स्थित जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र यहि आर्थिक वर्ष बाट सञ्चालनमा ल्याउने, वि.सं. २०८१ ीभत्र मालमैत्री नगर घोषणा गर्ने, उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी कार्यक्रमलाई निरन्तरता दिने, युवा स्वरोजगार कार्यक्रमलाई थप प्रोत्साहन गर्न व्याज अनुदान २० लाख बाट बढाएर ३० लाख पु¥याईने, दुग्ध जन्य, मासु जन्य वा अन्य व्यवसायिक कृषि उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान दिईने, बाँदर प्रभावावित क्षेत्रमा अदुवा, बेसारको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकीमा मौसमी व्यवसायिक मत्स्यपलन एवं ¥याफटिङ्ग सञ्चालन गर्ने, बेझाँड देखि राम्चे वन हुँदै सीताकुण्ड सम्म पदमार्ग निर्माणलाई निरन्तरता दिने, ३० जना भन्दा बढीलाई रोजगार दिने उद्योग तथा व्यवसायलाई ३० लाख सम्म व्याज अनुदान दिने, १० करोड भन्दा बढी लगानी गर्ने रोजगार दातालाई ५० प्रतिशत विद्युत महशुल छुट र वर्ष सम्म स्थानीय कर छुट दिने, वैदेशिक रोजगारीमा जाने युवाहरुको अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गर्ने, फोहोर मैला व्यवस्थापनको लागि उृचित स्थानको पहिचान गरी दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने विषयहरु समेटेको छ । नीति तथा कार्याक्रमले नयाँ योजना संगै पुराना योजनालाई पनि निरन्तरता दिएको छ ।

यस्तै रामपुर नगरपालिकाले आर्थिक वर्षको लागि ७२ करोड, ४७ लाख ९५ हजार विनियोजन गरेको छ । नगर सभामा आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले चालू खर्च, पुँजिगत खर्च र वित्तिय व्यवस्था सहितको रकम सार्वजनिक गर्नु भएको हो । उहाँका अनुसार नगरपालिकाले संग तर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेश तर्फ ६ करोड ३ लाख ३१ ह्जार र आन्तरिक स्रोत बाट ६ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । जस मध्ये खर्च तर्फ वडा गत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्र गत कार्यक्रमको लागि ३१ करोड ८३ लाख ९५ हजार विनियोजित गरेको छ । क्षेत्र गत कार्यक्रम मध्ये अर्थिक विकासको लागि ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासको लागि ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकास तर्फ ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापन तर्फ ९५ लाख ५१ ह्जार ८ सय ५० र सुशासन तथा प्रशासनिक तर्फ ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियाजन गरेको छ ।

विनियोजन विद्येयक र आर्थिक विद्येयम सर्वसम्मत रुपले पारित गरेको छ । होटल न्यू श्रीनगरको सभाहलमा भएको नगर सभामा रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, ३ का अध्यक्ष दामोदर पाठक, १० का अध्यक्ष तोयानाथ सारु, ६ का अध्यक्ष दिवाकर देवकोटा र ७ का अध्यक्ष दोवराज तिवारीले आफ्नाु सुझाव राखेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागत र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।