पाल्पा/२३ जेठ ।
तिनाउ गाउँपालिका बडा नं. १ ओखलढुंगा स्थित ज्ञानोदय माविको ५३ औ बार्षिकोत्सब तथा अविभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी तिनाउ गाउँ पालिकाको निवर्तमान प्रमुख ओम बहादुर घर्ती मगर‌ले भरखरै निर्माण सम्पन्न भयेको ४/४ कोठाको २ वटा भवन‌को उद्‌घाटन समेत गर्नु भयेको थियो । गत ५ वर्षको आफ्नो कार्यकालमा यस विद्यालयमा कोठाको पक्की भवन २ वटा, २ कोठाको भवन १ वटा, पक्की शौचालय २ वटा, कम्प्युटर २५ वटा, ३५०० पुस्तक सहितको पुस्तकालयको स्थाप‌ना स्वच्छ खानेपानी व्यवस्था गेटसहितको कम्पाउण्ड, पुरानो भवनमा तला थप सहित करीव ३ करोड बराबरको सहयोग भएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य देउबहादुर पुन, अविभावक ओमबहादुर सुनारी, धन बहादुर घर्ती, समाजसेवी राजेश श्रेष्ठ लगायतले मन्तब्य दिनु‌भएको थियो । प्रधानाध्यापक हरिनारायण पौडेलले १ करोड ३३ लाख बरावरको वार्षिक आयवाय विवरण प्रस्तुत गर्न भएको थियो/ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भुवन सि चिदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक लोक बहादुर सुनारीले गर्नु भएको थियो ।

कक्षा १२ सम्म संचालन भएको उक्त विद्यालयमा हाल २५८ जना विद्यार्थी संख्या रहेको तथा १८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्र.अ. हरिनारायण पौडेलले जानकारी गराउनुभयो।