पाल्पा । २३ बैशाख ।
सुमन गैरे
बगनासकाली गाउँपालिकामा अध्यक्ष पदका उमेदवार सुनिता अधिकारीले जनताले अनुभूत गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसबाट गठबन्धन अन्र्तगत गाउँपालिका अध्यक्षको उमेदवार बन्नुभएकी अधिकारीले सिंहदरवारको अधिकार घरघर सम्म व्यवहारिक रुपमै गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गठबन्धनले बगनासकालीको वडा नं। ८ बराङ्दीमा घरदैलो गर्दा उमेदवार अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो । बगनासकाली ८ बराङ्दीको घरदैलो कार्यक्रममा सहभागी हुदै गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार एकिकृत समाजवादीका खिमानन्द पाण्डे ९कमल० ले बगनासकालीका जनताको हरेक सुख र दुखमा साथ दिने बताउदै यहाँका जनताको मुहारमा खुसी ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
गठबन्धन दलहरुले बगनासकालीका विभिन्न वडाहरुमा घरदैलो गर्दै आईरहेका छन् । वडा न। १ बाट सुरु भएको घरदैलो ८ वटा वडाहरुमा सम्पन्न भएको छ । बराङ्दीमा भएको घरदैलोमा फालहाले, घिमिरेडाडा, काठेगैरा, खोस्रेखोला, ढावखोला, घिउसीबास लगायतका स्थानहरुमा गरिएको थियो । घरदैलोमा यहाँका २ सय वढी कार्यकर्ताहरु सहभागी भएका थिए ।
बगनासकाली ८ बराङ्दीलाई स्थानीय चुनावमा महत्वका साथ हेरिएको छ । २०४८ साल यताका स्थानीय निर्वाचनहरुमा नेपाली कांग्रेसले नै नेतृत्व गर्दै आईरहेको छ ।