पाल्पा । २१ । बैषाख ।
आसन्न स्थानीय तहको निर्वाचनमा यतिवेला उमेदवारहरु घरदैलो गरिरहेका छन् । गत बैषाख १२ गते उमेदवारी मनोनयन दर्ता गरेपछी घरदैलो गर्न सुरु गरेका हुन् । पाल्पाको बगनासकाली गाउँपालिकामा पनि गठबन्धन दलहरुको घरदैलो उत्साहजनक भईरहेको उमेदवारहरुले प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी विचको गठबन्धनबाट चुनावी मैदानमा रहेका उमेदवारहरुले घरदैलो कार्यक्रममा मतदाताको उल्लासपूर्ण सहभागिता र उत्साह थपिएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसबाट गाउपालिका अध्यक्षमा उमेदवार बन्नुभएकी सुनिता अधिकारीले वडा नं. १ चिर्तुङधाराबाट सुरु भएको घरदैलो वडा नंं ६ यम्घासम्म आउदा विजयी हुने संकेत देखिएको प्रतिक्रिया दिनुभयो । अधिकारीले बगनासकालीका आम नागरिकहरुले नेपाली कांग्रेसको नेतृत्व चाहेको बताउनुभयो । गठबन्धनबाटै उपाध्यक्षको उमेदवार खिमानन्द पाण्डेले जनताको विश्वास गठबन्धनमा रहेको बताउनुभयो । पाण्डेले संविधानको रक्ष ागर्न र स्थानीय तहको विकासको लागि गठबन्धनकै नेतृत्व जनताले चाहेको उल्लेख गर्नुभयो ।
गठबन्धन अन्र्तगतका दलहरुले बगनासकालीका वडा नं. १ चिर्तुङधारा, वडा नं. २ पोखराथोक, वडा नं. ३ नायरनमतलेस, वडा नं. ४ खानिछाप, वडा नं. ५ दर्लमडाडा र वडा नं. ६ यम्घामा घरदैलो गरेको छ । उमेदवारहरु, गठबन्धन दलहरुका नेता तथा कार्यकर्ता सहितको घरदैलोले जनतामा आशा र भरोषा थपिएको नेकपा माओवादी केन्द्रका नेता मथुरा ढकालले बताउनुभयो ।