पाल्पा । २२ बैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनको लागि गठबन्धन दलहरुको घर दैलो उत्साहजनक भैरहेको छ । आज बगनासकाली को ७ न खानिगाउमा भयेको घर दैलोमा स्थानीय उत्साही भयेका छन । नेपाली काङ्ग्रेस को तर्फबाट गाउपालिका अध्यक्ष उमेद्वार सुनिता अधिकारी, एकीकृत समाजबादी को तर्फबाट उपाध्यक्ष उमेद्वार खिमानन्द पान्डे(कमल) , वडा अध्यक्ष को उमेद्वार राम बहादुर साठिघरे तथा सदस्यहरु सहितको घर दैलो कार्यक्रम उत्साहपुर्ण भयेको नेपाली काङ्ग्रेस का बगनासकाली सभापति ठानेस्वर तिमिल्सेनाले बताउनु भयो ।
घर दैलो कार्यक्रममा खानिगाउको देउराली, दोबाटो, खहरे, मैदानबारी, झाकृस्थान, कल्लाबारी, दैलातुङ, कमेरे लगयतका स्थानमा गरियेको थियो । घरदैलोमा अध्यक्ष उमेदवार सुनिता अधिकारिले खानिगाउको बिकासमा आफ्नो महत्त्वपूर्ण योगदान रहने बताउनु भयो । उपाध्यक्ष पदका उमेदवार खिमानन्द पान्डे कमल ले खानेपानी, शिक्षा, स्वास्थ र रोजगार को सुनिस्चितता गर्ने उल्लेख गर्नु भयो ।
बगनासकाली ७ खानिगाउलाइ स्थानीय निर्वाचनमा महत्वपूर्ण रुपमा हेरियेको छ । नेपाली काङ्ग्रेस का निवर्तमान सभापती तथा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वीर बहादुर रानाको जन्म स्थान रहेको खानिगाउमा नेकपा एमालेको तर्फबाट गाउपालिका उपाध्यक्षका उमेदवार हरि प्रसाद पाठकको उम्मेद्बारी रहेको छ । गत स्थानीय तह निर्वाचन २०७४ मा भने नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको थियो ।